सिड्नीमा सोमबारदेखि प्रतिबन्ध थप खुकुलो हुदै । के के गर्न पाइन्छ त अब ?
सिड्नी/ शनिवार न्यु साउथ वेल्स राज्यमा कोरोनाको दुबै खोप लगाउने मानिसहरुको संख्या ८० प्रतिशत नाघेको छ । यससंगै राज्यले सोमबारदेखि सिड्नी लगायतका स्थानहरुमा कोरोना प्रतिबन्धहरु थप खुकुलो गर्ने भएको छ । यसअघि दुबै खोप लगाउनेको संख्या ७० प्रतिशत पुगेपछि अक्टोबर ११ तारिख देखि केही प्रतिबन्धहरु खुकुलो पारिएको थियो । अब ठ्याक्कै एक हप्तापछि थप प्रतिबन्धहरु खुकुलो हुन लागेको हो ।
दुबै खोप लगाएका व्यक्तिहरुका लागि मात्रै प्रतिबन्धहरु खुकुलो पारिन लागेको हो । खोप नलगाएकाहरुले पनि कठोर प्रतिबन्धहरु पालन गरिरहनुपर्नेछ ।
सोमबर अक्टोबर १८ तारिखदेखि न्यु साउथ वेल्स राज्यको सिड्नी लगायत स्थानमा के के गर्न पाइन्छ त ?
१. सोमबार देखि दुबै खोप लगाएकाहरुले घरमा २० जनासम्म पाहुना बोलाउन सक्नेछन् भने खुल्ला स्थानमा ५० जनासम्म भेला हुन पाउनेछन् ।
२. रेष्टुरेन्ट, बार, क्याफे र क्लबहरुमा प्रवेश गर्न पाउने अधिकतम संख्या हटाइएको छ । तर, सामाजिक दुरी भने कायम गर्नुपर्नेछ ।
३. नाइट क्लबमा बाहेक अन्य स्थलहरुमा नाच्न पनि पाइनेछ ।
४. कार्यलय वा कार्यलय भवनमा मास्क लगाउन अनिवार्य छैन ।
५. बिहे र अन्तिम संस्कारमा यसअघि तोकिएको १ सय जनाको कोटा सोमबारदेखि हट्नेछ ।
६. तत्कालका लागि सिड्नीबाट रिजनल क्षेत्रमा घुम्न जान नपाएपनि नोभेम्बर १ बाट त्यसलाई पनि खुल्ला गरिने सरकारको तयारी छ ।
तपाईको प्रतिक्रिया