Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनको कार्यकाल ६ महिना थपियो, दशौं महाधिवेशन नोभेम्बर भित्रै !

एनआरएनको कार्यकाल ६ महिना थपियो, दशौं महाधिवेशन नोभेम्बर भित्रै !


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को केन्द्रीय समिति बैठकले आफ्नो कार्यकाल ६ महिना लम्ब्याउने निर्णय गरेको छ । कार्यकाल ६ महिना थप गरे पनि मंसिर १४ गते अर्थात नोभेम्बर ३० तारिख भित्रै १० औँ अधिवेशन गर्ने निर्णय भएको छ । यद्यपी महाधिवेशनको मिति बारे भने केन्द्रीय समितिमा सहमति जुट्न बाँकी छ ।

बैठकले प्रतिनिधि छनोटबारे छनबिन गर्न समिति समेत गठन गरेको अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । छानविन सहितिमा पूर्वअध्यक्षहरू रहेका छन् । अक्टोबरको २३ देखि २५ तारिखमा हुने भनिएको दशौँ अन्तर्राष्ट्रिय अधिवेशन नेपालस्थित परराष्ट्र मन्त्रालयको हस्तक्षेपका कारण रोकिएको थियो । संस्थाभित्र देखिएका प्रतिनिधि छनोट लगायतका केही विवादबारे मन्त्रालयमा उजुरी परेपछि केही नेताको सक्रियता बढेको थियो ।

अधिवेशन रोक्न र उठेका विवाद समाधान गर्न मन्त्रालयले पत्र पठाएपछि एनआरएनभित्र सुरु भएको अन्योलता महाधिवेशनको मिति घोषणासँगै हटेको छ । अहिलेको कार्य समितिको अवधि आगामी शुक्रबारदेखि सकिँने भएपनि एनआरएन केन्द्रीय समिति बैठकले ६ महिना लम्ब्याएको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर विशेष परिस्थिति माथि छलफल गरी थप निर्णय गरिने जनाउँदै एनआरएनएले महाधिवेशनका लागि काठमाडौं आइसकेका र आउन तयार रहेका प्रतिनिधिमा पुगेको असुविधा प्रति क्षमा मागेको छ।

एनआरएनएको अध्यक्ष पदका लागि कुल आचार्य, रविना थापा र बद्री केसीले प्यानल सहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेर चुनावी गतिबिधिमा होमिएपछि महाधिवेशन स्थगन भएको हो । ६ महिना कार्यकाल थपिएपनि एक महिनासम्ममा महाधिवेशन गराउनेगरि वर्तमान नेतृत्व लागिपर्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ