Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाले मंगलबारदेखि भ्याक्सिन पासपोर्ट जारी गर्दै, विदेश जानलाई अनिवार्य

अष्ट्रेलियाले मंगलबारदेखि भ्याक्सिन पासपोर्ट जारी गर्दै, विदेश जानलाई अनिवार्य


सिड्नी/मंगलबार अक्टोबर १९ तारिख देखि अष्ट्रेलियाले विदेश जानका लागि भ्याक्सिन पासपोर्ट जारी गर्ने भएको छ । विदेश जानका लागि खोप लगाएको यहि प्रमाणपत्र देखाउनुपर्ने छ ।

माइ गभ एकाउन्टमा हाल उल्लेख भएकै जस्तो देखि अन्तराष्ट्रिय रुपमै स्क्यान गर्न सकिने प्रमाणपत्र मंगलबारबाट डाउनलोड गर्न सकिनेछ । जसका लागि दुबै खोप लगाएका व्यक्तिले माइगभ एकाउन्ट लगइन गर्नुपर्नेछ । यस प्रमाणपत्रमा डिजिटल क्युआर कोड राखिएको हुन्छ, जसलाई विदेशका सिमा सुरक्षा अधिकारीहरुले समेत स्क्यान गरेर विवरण हेर्न सक्छन् ।

विदेश जान चाहाने अष्ट्रेलियाका व्यक्तिहरुले विदेशी अधिकारीहरुलाई आफ्नो खोप बारे यहि प्रमाणपत्र मार्फत जानकारी दिन सक्नेछन् । खोपको विवरण राहदानीको विवरणसंग जोडिने छ । मेडिकेयरबाट खोपको विवरण प्राप्त भएपछि यसलाई प्रिन्ट गरेर वा स्मार्ट फोनमा सुरक्षित राख्न सकिनेछ ।  यस क्युआर कोडमा उच्च सुरक्षा सतर्कता अपनाइएको संघिय सरकारले जनाएको छ ।

विदेशी नागरिकले समेत अष्ट्रेलियामा लगाएको खोपको विवरण आफ्नो पासपोर्टमा समावेश गर्न सक्नेछन् । जसका लागि पनि माइगभ एकाउन्टमा लगइन गनुपर्दछ । यसअघि प्रधानमन्त्रीले स्कट मोरिसनले दुबै खोप लगाउने अष्ट्रेलियन नागरिक र पिआरवालाले आगामी नोभेम्बर देखि विदेश यात्रा गर्न पाउने घोषणा गरिसक्नु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ