Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको नर्दन टेरिटोरीमा पिआर लिने बाटाहरु यस्ता छन् । पढ्ने कि काम गर्ने ? (भिडियोसहित)

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा पिआर लिने बाटाहरु यस्ता छन् । पढ्ने कि काम गर्ने ? (भिडियोसहित)


डार्बिन/अष्ट्रेलियाको उत्तर पट्टी रहेको राज्य नर्दन टेरिटोरीमा केवल साढे २ लाख जति मात्रै जनसंख्या छ । कम जनसंख्या भएपनि यस राज्यले यसपाली ५ सय कोटा ४९१ सब क्लास भिषा (रिजनल पिआर) र ५ सय कोटा १९० सब क्लास भिषा (स्टेट स्पोन्सर पिआर) गरि का लागि १ हजार वटा कोटा पाएको छ । कम जनसंख्या र निकै कम मात्रै विद्यार्थी पढ्का लागि नर्दन टेरिटोरी जाने भएकाले पनि यस राज्यमा पिआरका लागि प्रतिष्प्रर्धा पनि अन्य राज्यको तुलनामा कम छ । सन् २०२० जुलाईमा नर्दन टेरिटोरी राज्यले पिआरका लागि विद्यमान नियमलाई केही परिवर्तन गरेको छ । जसले त्यहा पढ्न र काम गर्न गएकाहरुलाई पिआर लिन केही द्धविधा भएको छ ।

पछिल्लो समय नर्दन टेरिटोरीमा नेपाली जाने क्रम पनि बढेको छ । अब प्रश्न उठ्छ नर्दन टेरिटोरी राज्यले हाल पिआरका लागि कुन क्षेत्रलाई प्राथमिकतामा राखेको छ ? के सिधै नेपालबाटै नर्दन टेरिटोरी पढ्न जादा पिआरका लागि सजिलो हुन्छ की अन्य राज्यमा पढेर कामका लागि मात्रै जादा पनि पिआर लिन सकिन्छ ? यी प्रश्नको उत्तर बुझिएन भने नर्दन टेरिटोरीमा गएर पिआर लिन समस्या पनि पर्न सक्छ । ब्रिजवेन्स्थित नोभा एजुकेशन तथा माइग्रेसन सर्भिसका रजिष्ट्रर्ड माइग्रेसन एजेन्ट नारायण कोइराला भन्नुहुन्छ अन्य राज्यबाट काम गर्न जादा भन्दा सुरुमै नर्दन टेरिटोरीमा पढ्न गएमा पिआर लिन सजिलो हुन्छ । नर्दन टेरिटोरीमा चाल्र्स डार्बिन मात्रै एउटा विश्वविद्यँलय छ । र केही सिमित केलजहरु मात्रै भएकाले पनि पढ्न जाने विद्यार्थीको संख्या कम छ । त्यसैले जो सिधै त्यहा पढ्न जान्छ उनीहरुलाइ राज्य सरकारले पिआरको पहिलो प्राथमिकतामा राखेको छ कोइराला भन्नुहुन्छ । राज्य सरकारले अन्य के के कुरालाई प्राथमिकतामा राखेर पिआर दिन्छ त ? तथा अन्य राज्यबाट नर्दन टेरिटोरी जादा के कुरामा ध्यान दिनुपर्छ त ?

यीनै विषय समेटर तयार पारिएको विशेष कार्यक्रम हेर्नुहोस् 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ