Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews‘अष्ट्रेलिया डे’ मा बुद्ध र सगरमाथा चिनाए एडिलेडका नेपालीले । अन्यत्रका नेपालीलाई पाठ !

‘अष्ट्रेलिया डे’ मा बुद्ध र सगरमाथा चिनाए एडिलेडका नेपालीले । अन्यत्रका नेपालीलाई पाठ !


सरल गुरुङ/सिड्नी 

‘अष्ट्रेलिया डे’ काे उत्सवमा नेपालीले बुद्ध र सगरमाथा चिनाएका छन् । 

दक्षिण अष्ट्रेलियाकाे एडिलेडमा भएकाे अष्ट्रेलिया डेकाे विशेष परेडमा त्यहाँका नेपालीहरु पनि सहभागी भएर नेपाल चिनाउने काम गरेका हुन् । 

एडिलेड नेपाली समाजकाे नेतृत्वमा एनआरएनए, तमुधिं, गुठी अष्ट्रेलिया, तामाङ साेसाईटी, जस्ता दर्जन नेपाली संघसंस्थाका डेढ सय जना आआफ्नाे भेषभुषामा सजिएर सहभागि भएका थिए । 

‘अष्ट्रेलिया डे’ एडिलेडमा सहभागि नेपाली तस्बिर-एडिलेड नेपाली समाज

कुमारी, रथ, नेपाली झण्डा र जातजातिकाे भेषभुषामा सजिएका युवायुवति परेडकाे आकर्षण बनेकाे एडिलेड नेपाली समाजका कार्यवहाक अध्यक्ष सुरेन्द्र रेग्मीले बताउनुभयाे । ‘लाखाै मानिसले हेरेकाे परेडमा हामीले बुद्ध, सगरमाथा, पशुपति चिनाउन सफल  भयाै’ – रेग्मीले भन्नुभयाे – ‘भेटेजति सबैलाई नेपाल सुन्दर छ घुम्न आउनुस् भन्याै’ । 

अष्ट्रेलियामा बढिरहेकाे बहुसांस्कृतिक समुदायभित्र नेपाली पनि छाै भनेर पहिचान देखाउन पनि याे कार्यक्रम महत्वपुर्ण भएकाे उहाँकाे भनाई छ । 

‘अष्ट्रेलिया डे’ एडिलेडमा सहभागि नेपाली तस्बिर-एडिलेड नेपाली समाज

यस्ताे बहु सांस्कृतिक परेडमा सहभागि हुदा नेपाल चिनाउन सजिलाे हुने एनआरएनए साउथ अष्ट्रेलियाका संयाेजक अशाेक केसीकाे तर्क छ । 

अष्ट्रेलिया  डेलाई अष्ट्रेलियाकाे राष्ट्रिय उत्सवका रुपमा मनाईन्छ । जनवरी २६ तारिखमा मनाईने पर्वमा एडिलेडका नेपालीहरुले सन् २०१० देखि सहभागिता जनाएर नेपाल चिनाउदै आएका छन् । 

अष्ट्रेलया डे एडिलेडमा सहभागि नेपाली

 

सुरुमा नेपाल अष्ट्रेलिया नेपाल फ्रेन्डसिप एशाेसियसन (नाफा) ले नेतृत्व गर्ने भएपनि सन् २०१२ पछि समाजले समन्वय गर्दै आएकाे छ । 

अष्ट्रेलिया परेड काउन्सिल र मल्टिकल्चरल कम्युनिटीले परेडमा सहभागि हुनका लागि ३ महिनाअघि नै सूचना जारी गर्छ । ईच्छुक सामाजिक संस्थाले ३ महिनाअघि नै ताेकिएकाे मापदण्ड अनुसार आवेदन दिनुपर्छ । 

अष्ट्रेलिया डेमा अन्य राज्यमा पनि परेड र विशेष कार्यक्रम आयाेजना हुन्छ । तर एडिलेडमा बाहेक अन्यत्रका नेपालीले त्यस्ता कार्यक्रममा सहभागिता जनाएका छैनन् । अष्ट्रेलियन नेपाली समाजका अगुवा नारायण प्रधानले सबै राज्यमा हुने अष्ट्रेलिया डे कार्यक्रममा एनआरएनकाे नेतृत्वमा नेपालीहरु सहभागि हुन सके, नेपालकाे पर्यटनमा टेवा पुग्ने बताउनुहुन्छ । एनआरएन र अन्य अगुवा सामाजिक संघसंस्थाका प्रतिनिधीलाई यसबारे पहल गर्ने उहाँकाे भनाई छ । 

एनआरएनए अष्ट्रेलियाले भने अहिलेसम्म यस बारेमा छलफल समेत नगरेकाे प्रवक्ता डिला खरेलकाे भनाई छ । ‘याे विषय महत्वपुर्ण भएपनि हामीले अहिलेसम्म अाैपचारिक छलफल समेत गरेका छैनाै’- प्रवक्ता खरेल भन्नुहुन्छ – ‘अब हामी छिट्टै याे विषउमा छलफल चलाउछाै’ । 

सबै राज्यमा रहेका नेपालीले अष्ट्रेलिया डेमा सहभागि हुने सके धेरै राम्राे हुने उहाँकाे भनाई छ ।

नेपाल चिनाउन र पर्यटन प्रवर्धन गर्न भन्दै गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा सबै राज्यमा नेपाल महाेत्सव गर्दै आएकाे छ ।  अष्ट्रेलियनकाे सहभागिता निकै कम रहदै आएकाले  नेपाल महाेत्सव नेपालीहरु रमाईलाे गर्ने पर्व जस्ताे देखिने गरेकाे छ । यस्ताे परिस्थितीमा थाेरै मेहनतमै नेपालकाे व्यापक प्रचारप्रसार गर्न अष्ट्रेलिया डे उपयुक्त हुने अग्रज नारायण प्रधानकाे भनाई छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ