Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनोभेम्बर १ बाट परिवारका सदस्य पनि अष्ट्रेलिया आउन पाउने । यस्ता छन् व्यवस्था (भिडियोसहित )

नोभेम्बर १ बाट परिवारका सदस्य पनि अष्ट्रेलिया आउन पाउने । यस्ता छन् व्यवस्था (भिडियोसहित )


ब्रिजवेन/कोरोनाका कारण अष्ट्रेलियाको सिमाना झण्डै १९ महिनादेखि बन्द छ । मानिसहरु आउन पाएका छैनन् र देश छोडेर पनि बाहिर जान पाएका छैनन् । विदेशमा परिवार हुनेहरुलाई यस विषय परिस्थितीमा निकै अप्ठ्यारो पनि परेको छ । तर, जनस्वास्थ्यलाई गम्भिर रुपमा लिएको अष्ट्रेलियाले नजिकका परिवारका सदस्यहरुलाई पनि विशेष कारण बाहेक आउनका लागि रोक लगाउदै आएको छ ।

अब भने नोभेम्बर १ तारिखबाट नजिकका परिवारको सदस्य पनि अष्ट्रेलिया आउन पाउने भएका छन् । उनीहरुका लागि सरकारले यात्रा अनुमतिको व्यवस्था गरेको छ । कस्तो अवस्थामा आउन पाउछन् ? कसको परिवारका सदस्यहरु आउन पाउछन् ? कुन खोप लगाउन पर्नेछ ? जस्ता प्रश्नको उत्तर समेटेर हामीले यो भिडियो सामाग्री तयार पारेका छौ ।
हेर्नुहोस् भिडियो रिपोर्ट

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ