न्यु साउथ वेल्स राज्यले हरेक वयस्क व्यक्तिलाई ५० डलर दिने
सिड्नी/न्यु साउथ वेल्स राज्यले अर्को वर्ष हरेक वयस्कलाई प्रतिव्यक्ति ५० डलर दिने भएको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि यो पैसा बाड्न लागेको प्रिमियर डोमेनिक पेरोटेटले जानकारी दिनुभयो । जसका लागि राज्य सरकारले ५ सय मिलियन डलर बजेट छुट्याएको पनि पेरोटेटले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
‘स्टे एण्ड रि डिस्कभर’ योजना अन्तगर्त हरेक वयस्कलाई ५० डलरको भौचर बाड्न लागिएको हो । राज्य भरीको पर्यटन क्षेत्रलाई उकास्नका लागि अर्को वर्षको मार्चबाट यो भौचर वितरण गरिने बताइएको छ । आगामी नोभेम्बरबाट सिड्नी र राज्यको रिजनल क्षेत्रमा यात्रा गर्न पाइनेछ ।
तपाईको प्रतिक्रिया