Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआज मध्यरातबाट भिक्टोरियामा लक डाउन हट्दै । हेर्नुस के के गर्न पाइन्छ ?

आज मध्यरातबाट भिक्टोरियामा लक डाउन हट्दै । हेर्नुस के के गर्न पाइन्छ ?


मेलवर्न/दुबै खोप लगाउनेको १६ वर्षभन्दा माथीका व्यक्तिको संख्या ७० प्रतिशत पुगेपछि भिक्टोरियामा बिहिबार मध्यरातबाट लकडाउन अन्त्य हुदैछ । कोभिडका कारणले विभिन्न समयमा गरि पछिल्लो दुइ वर्षमा भिक्टोरियामा २ सय ६२ दिन लकडाउन भएको छ । संसार कै सबैभन्दा धेरै दिन लकडाउन हुने शहरमा भिक्टोरियाको राजधानी मेलवर्नको नाम दर्ता भएको छ ।

तर, खोपको मात्रा बढेसंगै भिक्टोरियाको अवस्था परिवर्तन हुन लागेको हो । बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लाग्ने कफ्र्यु समेत हटाइने छ । पत्रकार सम्मेलन गरेर भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रयुले यस्तो घोषणा गर्नुभएको हो ।

अब भिक्टोरियामा के के गर्न पाइन्छ त ?

१. घरमा हरेक दिन बढीमा १० जना पाहुनालाई बोलाउन सकिने छ । उक्त संख्यामा उनीहरुका बालबच्चा समावेश गरिनेछैन । दुबै खोप लगाएकालाई मात्रै निम्तो दिन आग्रह

२. त्यस्तै दुबै खोप लगाएका सार्वजनिक स्थानमा १५ जनासम्म भेला हुन पाउनेछन् ।

३. मेलवर्नमा घरबाट १० किलोमिटर भित्र मात्रै यात्रा गर्न पाइने नियम हटाइएको छ । तर, रिजनल क्षेत्रमा भने जान पाइने छैन ।

४. घरबाट अब बिना कारण पनि बाहिर निस्कन पाइनेछ । राति ९ देखि बिहान ५ बजेसम्मको कर्फयु हटाइने छ ।

५. खुद्रा पसलहरु खुल्नेछन् । कपाल काट्ने पसलहरु दुबै खोप लगाएकाहरुका लागि खुल्नेछन् ।

६. कक्षा ३ र ११ का विद्यार्थी शुक्रबारदेखि विद्यालयमा फर्कने छन् भने अन्य कक्षाका विद्यार्थीहरु घरबाटै पढ्नेछन् ।

७. होटल, रेष्टुरेन्ट, बार र क्याफेहरु इनडोर सेवाका लागि खुल्नेछन् । तर, बढीमा २० जनासम्म दुबै खोप लगाएका ग्राहक मात्रै एक पटकमा प्रवेश गर्न पाउनेछन् ।

८. खुल्ला स्थानमा हुने सामुदायिक खेलहरु तत्काललाई प्रशिक्षणका लागि खुल्ला हुनेछन् ।

९. घरभित्र हुने विवाहमा दुबै खोप लगाएका २० जनासम्म वा खोप नलगाएकाहरुको हकमा भने बढीमा १० जनासम्म सहभागी हुन सक्नेछन् । त्यस्तै खुल्ला स्थानमा हुने विवाहको हकमा भने ५० जना दुबै खोप लगाएका वा २० जना खोप नलगाएका मानिसहरु सहभागी हुन सक्नेछन् ।

१०. अन्तिम संस्कारका लागि बढीमा १० जनासम्मको मात्रै सिमा तोकिएको छ ।

राज्यमा दुबै खोप लगाउनेको संख्या ८० प्रतिशत पुगेपछि थप स्वतन्त्रता प्रदान गरिने प्रिमियर एन्ड्रयुले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ