Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्समा स्कुले बच्चा भएको परिवारलाई २५० डलर बाडिदै

न्यु साउथ वेल्समा स्कुले बच्चा भएको परिवारलाई २५० डलर बाडिदै


सिड्नी/न्यु साउथ वेल्स राज्यका नयाँ प्रिमियर डोमेनिक पेरोटेटले एक पछि अर्को गर्दै राज्य निवासीहरुलाई पैसा बाड्ने योजना अघि सार्नुभएको छ । यसअघि पर्यटन प्रवद्र्धन गर्न हरेक वयस्कलाई ५० डलर दिने घोषणा गरेका पेरोटेटले बालबच्चा भएको परिवारलाई अर्को पनि भौचर दिने घोषणा गर्नुभएको छ । लक डाउनका बेला आफ्ना बालबच्चालाई घरमै पढाउन सघाएको भन्दै राज्यले हरेक अभिभावकलाई धन्यवाद स्वरुप २५० डलर दिन लागेको हो ।

अर्को वर्षको मार्चबाट यो भौचर वितरण सुरु गरिनेछ । यो रकमलाई ५० डलरको ५ वटा भौचरका रुपमा दिइनेछ । यो भौचर मनोरञ्जन र बसोबासका लागि प्रयोग गर्न सकिनेछ । तर, यसबाट खानाका लागि पनि पैसा तिर्न सकिदैन । राज्य सरकारको यो निर्णयलाई प्रमुख प्रतिपक्ष दलका नेता क्रिस मिन्सले पनि स्वागत गर्नुभएको छ । तर, मिन्सले यो भौचर अर्को वर्षभन्दा पनि यहि क्रिसमस अघि परिवारको हातमा पुग्नुपर्नेमा जोड दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ