Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंबाट नजिकैको पर्यटकिय गन्तब्य “झोर”, शनिबार यस्तो भीडभाड (फोटो फिचर)

काठमाडौंबाट नजिकैको पर्यटकिय गन्तब्य “झोर”, शनिबार यस्तो भीडभाड (फोटो फिचर)


काठमाडौं । कोरोना संक्रमण घटेसँगै रिङरोडबाट करीब १० किलोमिटरको दूरीमा रहेको झोर झरनामा आन्तरिक पर्यटकहरुको भीडभाड बढ्न थालेको छ ।

केही वर्षअघिसम्म गुमनाम रहेको काठमाडौँको झोर झरना क्षेत्रमा शनिबार र सार्वजनिक बिदाका दिन घुम्न जानेहरु भीडभाड हुनेगरेको छ । टोखाको महाकालस्थित उक्त झरनामा विशेषगरी युवाहरुको आकर्षण बढि देखिने गरेको हो ।

यद्यपि झरनामा झुम्नका लागि परिवारसहित घुम्न जानेहरुको संख्या पछिल्लो समय बढेकाले सबै उमेर समूहका व्यक्तिहरु यो क्षेत्रमा पुग्ने गरेका छन् । अन्य दिनको तुलनामा शनिबार सार्वजनिक विदा भएका कारण झोर झरनामा रमाउन पुग्नेहरुको संख्या उल्लेख्य देखिएको छ ।

चाडपर्वका समयमा पनि यहाँ आउनेहरुको संख्या धेरै हुनेगरेको झोरमा होटल सञ्चालन गर्नेहरु बताउँछन् । टोखा नगरपालिका अन्तर्गत रहेको यो झरना अहिले नजिकैको गन्तब्यमा घुम्न चाहानेहरुका लागि आकर्षणको केन्द्र बनेको छ ।

झोर झरनामा यतिबेला झुम्दै, रमाउँदै अनि आनन्द लिनेहरुको भीड छ । ओडारमा रहेको भगवान शिवको मन्दिरसँगै झरनाको पानीमा भीज्दै मज्जा लिनेहरु, मनोरम दृश्यसँगै आफूलाई उभ्याएर फोटो खिच्नेहरुको भीडभाड यो क्षेत्रमा हुनेगरेको छ ।

गर्मी मौसममा त यहाँ धेरै भीड देख्न पाइन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट बग्ने पानी यसको मुख्य स्रोत हो । झरनामा पुग्नेहरु मात्रै होइन, उक्त स्थानमा मन्दिर पनि भएका कारण धार्मिक कारणले पनि झोर महत्वपूर्ण गन्तब्य बन्न थालेको छ । झरनाको पानीसँगै रमाउने र भगवान शिवको मन्दिरमा मानिसहरुको घुइँचो लाग्ने गर्छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ