Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसामाजिक संजालमा गालीगौलज नगर्न तास्मानियाका नेपालीको आग्रह

सामाजिक संजालमा गालीगौलज नगर्न तास्मानियाका नेपालीको आग्रह


होबार्ट/तास्मानियाको नेपाली समुदायमा सामाजिक संजालमा हुने दुर्व्यवहार बारे बहस सुरु भएको छ । यहि पृष्ठभूमीमा नेपाली सोसाइटी अफ तास्मानिया नेष्टले प्रेस विज्ञप्ती नै जारी गरेर सामाजिक संजालमा सद्भाव बढाउन आग्रह गरेको छ । नेष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ -‘सामाजिक संजालमा आफ्नो भावना वा विचार पोख्दै गर्दा कुनै जातजाति, धर्म, वर्ग, लिंग तथा क्षेत्र विशेषप्रति विरोध, प्रहार एवम आक्षेप निदनीय छ ।’ त्यस्तै नेष्टले एकअर्कामा सम्मान, हार्दिकता, एकता तथा सद्भाव कायम गरि समाजिक संजालमा आफ्ना विचारहरु सभ्य रुपमा पोख्न पनि आाग्रह गरेको छ ।

केही समय अघि तास्मानियामा केही व्यक्तिहरुले घुमाउरो पाराले फेसबुकमा कुनै वर्गप्रति लक्षित गरि बेइज्जत गर्न खोजिएको भन्दै चर्चा सुरु भएको थियो । त्यस क्रममा नेष्टका पदाधिकारीहरुको फेसबुक कमेन्टमा समेत प्रश्न उठ्न थालेपछि विज्ञप्ती निकालेर सम्बोधन गरिएको हो । नेष्टका अध्यक्ष खगेन्द्र सत्यालले कसैलाई पनि वेइज्जत गर्ने र अपहेलित गर्ने कार्य कोही कसैबाट हुन नहुनेमा नेष्ट सधै दृढ रहेको बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ