Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी प्रमुख ५ खबर

नेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी प्रमुख ५ खबर


काठमाडौं । नेपालमा सोमबार दिनभर विभिन्न परिघटनाहरु भए । राजनीतिक तथा सामाजिक घटानाहरुमध्ये चर्चामा आएका । दिनभरका खबरहरुमध्ये प्रमुख ५ खबर यस्ता छन् ।

१, प्रधानन्यायाधीश राणामाथी राजीनामा गर्न दबाब
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘मार्ग प्रशस्त’ गर्न दबाब दिनेहरु बढ्न थालेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको सोमबार बसेको बैठक र नेपाल बार एशोसियसनको बैठकले प्रधानन्यायाधीशलाई न्यायालयको गरिमा जोगाउनका लागि ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्ने निर्णय गरेको हो । सोमबार नै पूर्व महान्यायाधिवक्ताहरू र कानुन व्यवसायीहरुले समेत प्रधानन्यायाधीशलाई राजीनामा मार्फत निकास दिन आग्रह गरेका थिए ।

२, स्थानीय तहको निर्वाचन चैत ५ भित्र गर्न सरकारलाई सुझाव

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी चैत ५ भित्र गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन चैत ५ भित्र गर्न सुझाव दिएका हुन । यस्तै आगामी फागुनमा पदावधि सकिने राष्ट्रियसभाका २० सदस्य पदका लागि माघको पहिलो साता निर्वाचन गर्न आयोगले सरकारलाई सुझाब दिएको छ ।

३, मंगलबार एमालेको पालिका अधिवेशन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार देशभरका पालिकामा अधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको एमालेले हालै वडा अधिवेशन सम्पन्न गरेर पालिका अधिवेशन गर्न लागेको हो । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट पालिका अधिवेशन उद्घाटन गर्ने बताइएको छ ।

४, नेपाल–भारत सम्बन्ध सुदृढ गरेमात्रै राजनीतिक स्थायित्वः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्र नेपालमा राजनीतिक स्थिरता र विकास हुने बताउनुभएको छ । पूर्व भारतीय राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाल–भारत सम्बन्धका धेरै आयामसँग नेपालको स्थयीत्व जोडिएको बताउनुभयो ।

५, पाँचथरमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
पूर्वी नेपालको पाँचथरमा सोमबार बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । पाँचथरको सविखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सरखण्डेमा दुर्घटना भएको हो । दुर्घटनामा ६० जनाभन्दा बढी यात्री घाइते भएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ