Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफेसबुले गर्यो तीन महिनामै नौँ अर्ब डलर आम्दानी

फेसबुले गर्यो तीन महिनामै नौँ अर्ब डलर आम्दानी


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ । गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा नौ अर्ब डलर मुनाफा गरेको कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो । केही समय अघि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएपछि आम्दानी केही खुम्चिएको थियो । केही समय त फेसबुकको विश्वसनीयतालाई लिएर चौतर्फी आलोचना पनि भयो ।

यता, फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने कम्पनीको प्रगती देखेर झुटो आरोप लगाइएको बताएका थिए । एक वर्षयता मासिक प्रयोगकर्ताको सङ्ख्या पनि ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको फेसबुकले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ