Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनोभेम्बरबाट अष्ट्रेलियाबाट बिना क्वारेन्टिन सिंगापुर जानआउन पाइन

नोभेम्बरबाट अष्ट्रेलियाबाट बिना क्वारेन्टिन सिंगापुर जानआउन पाइन


ब्रिजवेन/सिंगापुरले पुरा खोप लगाएका अष्ट्रेलियन नागरिक र पिआरवालाका लागि आगामी नोभेम्बरबाट क्वारेन्टिन रहित यात्रा गर्न दिने घोषणा गरेको छ । नोभेम्बर ८ तारिखबाट यो लागु हुदैछ । यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट भने साथै राख्नुपर्नेछ । १२ वर्षभन्दा मुनीका बालबालिकाको हकमा भने यो लागु हुनेछैन । यात्रुले विमानमा चढ्नु अघि ४८ घण्टाभित्र कोरोनाको पिसिआर परिक्षण गर्नुपर्दछ भने सिंगापुर पुगिसकेपछि विमानस्थलमा समेत दोस्रो परिक्षण गरेर नेगेटिभ रिपोर्ट आउनुपर्नेछ ।

सिंगापुरले अष्ट्रेलियालगायत अमेरिका, बेलायत र जर्मनीका लागि पनि बिना क्वारेन्टिन यात्रा खुल्ला गरेको छ । सिंगापुरमा ८४ प्रतिशत मानिसले कोरोनाको पुरा खोप लगाइसकेको तथ्यांक प्राप्त भएको छ । अष्ट्रेलियाले पनि यसअघि नोभेम्बर १ तारिखबाट अन्तराष्ट्रिय यात्रा फुकुवा गर्दै जाने घोषणा गरिसकेको छ । सिंगापुरको पछिल्लो घोषणालाई अष्ट्रेलियाका पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् । photo-Qantas



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ