Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा शनिवार एनआरएनएले समुदायसंग छलफल गर्दै । प्राथमिकता र गुनासो संकलन

भिक्टोरियामा शनिवार एनआरएनएले समुदायसंग छलफल गर्दै । प्राथमिकता र गुनासो संकलन


मेलवर्न/गैर आवासिय नेपाली संघ भिक्टोरियाले स्थानिय समुदाय, संघसंस्था र व्यक्तिहरुसंग छलफल गर्ने भएको छ । शनिवार सिड्नी समय अनुसार साझ साढे ६ बजे जुममार्फत हुन लागेको छलफलमा समुदायका सदस्यहरुको गुनासो, प्रतिक्रिया र एनआरएनएले गर्नुपर्ने कामका प्राथमिकताहरु संकलन गरिने एनआरएनए भिक्टोरिया राज्य संयोजक हरि खड्काले जानकारी दिनुभयो ।

एनआरएन भिक्टोरियाका नया कार्यसमितिको यो पहिलो सामुदायिक कार्यक्रम हो । कार्यकालको सुरुवातमै समुदायको चाहाना, भावना र प्राथमिकता अनुसार कार्यक्रम तथा योजना बनाउनका लागि समुदायसंगै छलफल गर्न लागेको खड्काको भनाई छ । भिक्टोरियाका नेपाली समाजका सबैलाई निम्तो दिइएको कार्यक्रममा खुल्ला मनले आफुलाई लागेको कुरा भन्न पनि खड्काले आग्रह गर्नुभयो । हामी सबैको कुरा सुन्छौ, मनन गर्छौ खड्काले भन्नुभयो तपाईहरुकै प्रतिक्रिया र सुझावका आधारमा भावि कार्यक्रम बनाएर तपाईहरुकै लागि काम गर्नेछौ ।

छलफलमा उठेका विषयहरुलाई रेकर्डमा राखिने जसले गर्दा भविष्यमा आउने टिमलाई पनि काम गर्न सजिलो हुनेछ खड्काले भन्नुभयो । कार्यक्रममा उठेका विषयहरुलाई एनआरएनएन अष्ट्रेलियाको राष्ट्रिय समितिमा समेत जानकारी गराइने तयारी छ ।
कार्यक्रममा सहभागी हुनका लागि निम्न जुम आइडी र पासकोर्डको प्रयोग गर्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ