Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसंघिय प्रहरी र एटिओले नेपालीलाई भोली अनलाईन स्क्याम बारे सचेत गराउदै । यसरी हुनुस सहभागी

संघिय प्रहरी र एटिओले नेपालीलाई भोली अनलाईन स्क्याम बारे सचेत गराउदै । यसरी हुनुस सहभागी


सिड्नी/अष्ट्रेलियामा अनलाईन ठगी अर्थात स्क्यामबाट सन् २०२० मा मात्रै ८ सय ५१ मिलियन गुमेको छ । यस्ता ठगीबाट बहुसांस्कृतिक समुदायसमेत पीडित छन् । अझ अन्तराष्ट्रिय विद्यार्थीलाई लक्षित गरेर ठगीहरुले आफ्नो धन्दा चलाइरहेका छन् । यसबाट सयौं नेपाली पनि ठगिएका छन् । यसैलाई नियन्त्रण गर्न गैरआवासिय नेपाली संघ न्यु साउथ वेल्सले अष्ट्रेलियाको संघिय प्रहरी एएफपी र अष्ट्रेलियन कर कार्यलय एटिओसंग मिलेर अनलाईन ठगीबारे जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।

अक्टोबर २८ शुक्रबार सिड्नी समय अनुसार साझ ६ देखि ८ बजेसम्म जुम मार्फत यस्तो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमा एएफपीका तर्फबाट कन्सटेबल जेसनले साइवर र अनलाईन ठगी बारे तथा एटिओका च्यारल गोर्डनले कर सम्बन्धी ठगी बारे प्रस्तुती दिने तय भएको न्यु साउथ वेल्सका एनआरएनए संयोजक देव गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा न्यु साउथ वेल्सका नेपाली महावाणिज्यदुतावास, नेपलिज अष्ट्रेलियन एशोसियसन र फेन्काले पनि सहकार्य गरेको छ । त्यस्तै न्यु साउथ वेल्सको कम्युनिटी एण्ड जस्टिसले समेत कार्यक्रम आयोजना गर्न सघाएको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरु अनलाईन ठगीमा परेपछि मात्रै सहयोगका लागि भौतारिने गरेका छन् । त्यहि भएर पनि नेपालीलाई यस्तो ठगीमा पर्नै नदिनका लागि चेतनामुलक कार्यक्रमको आयोजना गर्न लागिएको गुरुङले बताउनुभयो । कार्यक्रममा सहभागी भएर मौकाको फाइदा उठाउन गुरुङले सबैलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा सहभागी हुन निम्न जुम आइडी र पासकोडको प्रयोग गर्नुहोला।

NRNA NSW

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ