Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोनाका बेला काम गरेका विद्यार्थी र कामदारलाई पिआर दिलाउन अष्ट्रेलियामा हस्ताक्षर संकलन । हजारौले गरे समर्थन

कोरोनाका बेला काम गरेका विद्यार्थी र कामदारलाई पिआर दिलाउन अष्ट्रेलियामा हस्ताक्षर संकलन । हजारौले गरे समर्थन


मेलवर्न/कोरोनाको समयमा काम गरेका विद्यार्थी र कामदारहरुलाई पिआर दिनका लागि नैतिक दवाव सृजना गर्न अष्ट्रेलियामा हस्ताक्षर संकलन सुरु भएको छ । मेलवर्नस्थित न्यु स्टार एजुकेशन तथा माइग्रेसन भन्ने संस्थाले सुरु गरेका हस्ताक्षर अभियानमा हालसम्म साढे १६ हजार भन्दा बढीले समर्थन गरिसकेका छन् । अभियानले न्युजिल्याण्डले सेप्टेम्बर ३० तारिखमा कोरोनाका समयमा काम गरेका केही अस्थाई भिषाधारीलाई एक पटकका लागि नियम बनाएर पिआर दिने घोषणा गरेको छ । यस्तो निर्णयले त्यहा रहेका १ लाख ६५ हजार जति अस्थाई भिषाधारीलाई फाइदा पुगेको अभियानले जनाएको छ ।

न्युजिल्याण्डले गरे जस्तै अष्ट्रेलियाले पनि कोरोनाका बेलामा काम गर्ने अस्थाई भिषाधारीलाई नियम बनाएर एक पटकका लागि पिआरको बाटो खुल्ला गरिदिनका लागि हस्ताक्षर संकलन सुरु भएको हो । हस्ताक्षर अभियानका नेतृत्वकर्ता कर्क यानले अस्थाई भिषामा रहेका हजारौ विद्यार्थी र कामदारहरुको आवाजलाई सम्बन्धित निकायसम्म पु¥याउनका लागि अभियान सुरु गरेको नेपालट्युबलाई बताउनुभयो । कोरानाको जटिल समयमा अस्थाई भिषामा रहेका विद्यार्थी र कामदारले अर्थतन्त्रमा ठुलो योगदान गरेपनि सरकारले त्यस अनुसारको मुल्यांकन नगरेको यानको भनाई छ । उल्टै दक्ष आप्रवासीले पाउदै आएको पिआरको कोटा ४० प्रतिशत भन्दा बढी घटाएर सरकारले माइग्रेसन नीतिलाई थप कडा बनाएको यानले बताउनुभयो । रजिष्टर्ड माइग्रेसन एजेण्ट समेत रहनु भएका यानले छिनछिनमा परिवर्तन भइरहने अध्यागमन नियमका कारण अस्थाई भिषामा रहेकाहरुलाई  पिआर लिन नै निकै समस्या परेको बताउनुभयो । सरकारले कम्तिमा पनि कोरोनाको समयमा काम गरेका दक्ष व्यक्तिहरुलाई एक पटकका लागि भएपनि पिआरका लागि बाटो खुल्ला गरिदिएर सहयोग गर्नुपर्ने यानको धारणा छ ।

यानले सुरु गरेको अभियानले यदि नियम बनाएर अस्थाई भिषाधारीलाई पिआर दिन नसकेमा, यसअघि कै आप्रावासीका लागि छुट्याएको कोटा यथावत गर्न माग गरेको छ । यसअघि अष्ट्रेलियाले वर्षमा १ लाख ८ हजार ६८२ जनालाई दक्ष कामदार अन्तगर्त पिआर दिदै आएको थियो । तर, कोराना सुरु भएपछि त्यसलाई घटाएर ७९ हजार ६ सय बनाइएको छ । जसका कारणले अष्ट्रेलियामा पढाइ सकेर वा काम गरेर क्षमताका आधारमा लिने स्किल पिआर भिषा लिन थप गा¥हो परेको छ ।
संकलन भएको हस्ताक्षर सरकारसम्म पु¥याउनका लागि कोसिस गरिने र तत्कालै नतिजा नदेखिएपनि भविष्यमा अध्यागमन सम्बन्धी नियम बनाउन यो अभियानको मर्म र भावनाको पनि सम्बोधन हुनेमा आफु आशावादी रहेको यानले बताउनुभयो ।
तपाई पनि यो हस्ताक्षर अभियानमा सहभागी हुन चाहानुहुन्छ भने यो लिंकमा थिच्नुहोस्

 


ट्याग : ##AIBT #Australia #Nepali Student, #Australia, #PR in Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ