Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीमा तामाङ्काे ‘साेनाम ल्हाेछार’ । संस्कृति र पहिचानकाे संगम

सिड्नीमा तामाङ्काे ‘साेनाम ल्हाेछार’ । संस्कृति र पहिचानकाे संगम


सिड्नी
सिड्नीका तामाङ समुदायले २८५५ अाै साेनाम ल्हाेछार मनाउने भएकाे छ ।
तामाङ साेसाईटी एनएसडब्लु सिड्नीले फेव्रवरी १६ तारिखमा सिड्नीकाे आसफिल्ड टाउन हलमा ल्हाेछार मनाउन लागेकाे हाे ।

नयाँ वर्षको रुपमा मनाइने ल्होछार कार्यक्रममा तामाङ् संस्कृति, नाचगान र परिकार पस्कने आयाेजककाे तयारी छ । यस पर्वले एकता र सद्भावको सन्देश दिने पनि गरिन्छ ।
तामाङ समुदायकाे पात्राेमा विभिन्न १२ प्रकारका जिवजन्तु हुन्छन् । एउटा जिवले एक वर्ष शासन गर्ने विश्वास गरिन्छ । एउटा जनावरकाे शासन अवधि सकिएर अर्काे जनावरकाे शासन सुरु हुने दिनलाई तामाङ समुदायले नया वर्षकाे रुपमा मनाउछन् ।
यो वर्ष कुकुर वर्षलाई विदाई गर्दै सुंगर वर्षलाई स्वागत गर्दै मनाईदैछ ।

प्रत्येक बर्षको माधशुक्ल प्रतिपदाका दिन मनाइने ल्होसार तामाङ आदिवासीको ठूलो पर्वको रुपमा मनाउने गर्दछ । इष्ट मित्रसंगको भेटघाट, मान्यजनबाट टीका तथा आर्शीवाद लिने प्रचलन छ ।

तामाङहरुले ल्होसारलाई खेतीको समयको सुरुवात भएको दिनको रुपमा पनि मनाइने गर्दछ । नेपालको हिमाली, उच्च पहाडमा मनाइने यो पर्व बसाइसराइ लगायत सबै ठाउँमा छरिएका तामाङहरुले मनाउदै आएका छन् ।
विशेषगरी ल्हो भनेको वर्ष र छार भनेको नयाँ हो । यही शब्दलाई चलन चल्तीका भाषामा ल्होसार हुन गएको हो । ल्होछार चिनियाँ सभ्यताबाट सुरुवात भएको भए पनि नेपालमा मनाइने ल्होछार तामाङहरुको आफ्नै मौलिकतामा समेटिएको तामाङ बुद्धिजीविको भनाइ छ ।

यो पर्वमा घरमा भएको सबै जना जम्मा हुने र एकआपसमा दुःख सुख साटासाट गर्ने भएकाले एकआपासमा सहकार्य र एकताको सन्देश बोकेको पर्वको रुपमा तामाङ समुदायले लिने गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ