Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्समा नोभेम्बर ८ देखि कोराना प्रतिबन्धहरु झनै खुकुलो । के के गर्न पाइन्छ त ?

न्यु साउथ वेल्समा नोभेम्बर ८ देखि कोराना प्रतिबन्धहरु झनै खुकुलो । के के गर्न पाइन्छ त ?


सिड्नी/कोराना विरुद्धको खोप लगाउनेको संख्या बढेसंगै न्यु साउथ वेल्स राज्यले कोरोना प्रतिबन्धहरु थप खुकुलो बनाउदै लगेको छ । आगामी नोभेम्बर ८ तारिखदेखि राज्यले दुबै खोप लगाएका व्यक्तिहरुका लागि प्रतिबन्धहरु थप खुकुलो पार्ने भएको छ । खोप नलगाएकाहरुले भने यो सुविधा प्रयोग गर्न पाउनेछैनन् । दुबै खोप लगाएकाहरुका लागि खुकुलो हुन लागेको प्रतिबन्धहरु यस्ता छन् ।

८ नोभेम्बरबाट के के गर्न पाइन्छ त ?

१. घरमा जति पनि पाहुना बोलाउन पाइन्छ ।

२. खुल्ला स्थानमा १ हजार जनाभन्दा कम मानिस भेला हुदा सामाजिक दुरीको नियम लागु गर्नुपदैन ।

३. डान्स क्लबमा नाच्न पाइने ।

४. पौडी पोखरीहरु मनोञ्जनका लागि पनि खुल्ला गरिने ।

५. पसलहरुमा प्रतिव्यक्ति २ वर्ग मिटरको दुरी कायम गरे पुग्ने ।

६. रंगशाला, सिनेमा हल र थियटरहरुका सबै सिट खुल्ला गर्न सकिने ।

यी प्रतिबन्ध हटेपनि सुपरमार्केटमा भने डिसेम्बर १५ सम्म माक्स लगाउनुपर्नेछ ।

खोप नलगाएका व्यक्तिहरुले भने राज्यमा खोपको मात्रा ९५ प्रतिशत नपुगेसम्म वा डिसेम्बर १५ सम्म लक डाउनमै बस्नुपर्ने छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ