Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaचीन र भारतमा बनेको कोरोना खोप लगाउने पनि अष्ट्रेलिया आउन पाउने

चीन र भारतमा बनेको कोरोना खोप लगाउने पनि अष्ट्रेलिया आउन पाउने


सिड्नी/अष्ट्रेलियाले चीन र भारतमा बनेका कोरोनाको खोपलाई पनि यात्राका लागि मान्यता दिने भएको छ । खोप सम्बन्धी नियमनकारी निकाय थेराप्युटिक एडमिनिष्ट्रेसन अष्ट्रेलिया टिजिएले भारतमा बनेको कोभासिन र चिनको चिनोभ्याकले बनाएको बिबिआइबिपि कोर्भ (सिनोफाम) खोपलाई यात्रा उदेश्यका लागि मान्यता दिएको हो । कोभासिन लगाउने १२ वर्षभन्दा माथीका र सिनोफाम लगाएका १८ देखि ६० वर्ष माथिका यात्रा अनुमति दिने भएको हो ।

टिजिएले विश्व स्वास्थ्य संगठन र खोपका प्रायोजकहरुबाट यी खोपका थप जानकारीहरु संकलन गरेर यस खोप लगाएका व्यक्तिबाट कोरोनाको जोखिम नहुने निष्कर्श निकालेको जनाएको छ । यो अघि नै टिजिएले चिनमै सिनोभ्याकले बनाएको कोरोनाभ्याक र भारतले बनाएको कोभिसिल्डलाई पनि यात्राका लागि मान्यता दिइसकेको छ ।

टिजिएले यी खोपको दुबै मात्रा लगाएका मानिसहरुले अब अष्ट्रेलिया आउनका लागि पुर्ण खोप लगाएको मान्यता पाउने जनाएको छ । यो निर्णयसंगै हजारौ विद्यार्थी र कामदारलाई अष्ट्रेलिया आउन सहज हुने टिजिएले विज्ञप्तीमा भनेको छ । यो निर्णय संगै नेपालमा चीनमा बनेको खोप लगाएका हजारौ विद्यार्थी र अभिभावकलाई अष्ट्रेलिया आउन सहज हुनेछ । अष्ट्रेलियामा लगाउनका लागि एष्ट्राजेनिका, फाइजर, जोनसन एण्ड जोनसन र मडोना खोपले मान्यता पाएको छ ।
नोभेम्बर १ देखि दुबै खोप लगाएका अष्ट्रेलियाका नागरिक र पिआरवालाले सिड्नी र मेलवर्नबाट बिना स्विकृति विदेश यात्रा गर्न पाउनेछन् । त्यस्तै उनीहरुका नजिकको परिवारको सदस्यलाई पनि अष्ट्रेलिया आउन दिने भएको छ । दुबै खोप लगाउनेको संख्या ८० प्रतिशत पुगेसंगै अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई पनि आउन दिने जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ