Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानन्यायाधीश जबराले ‘संविधान अनुकुल नै गरौं’ भनेपछि न्यायाधीशहरु झस्किए

प्रधानन्यायाधीश जबराले ‘संविधान अनुकुल नै गरौं’ भनेपछि न्यायाधीशहरु झस्किए


काठमाडौं । सर्वोच्च अदालतमा देखिएको किचलोको निकास खोज्न बसेको वार्तामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘संविधान अनुकुल नै गरौं’ भनेपछि न्यायाधीशहरु झस्किएका छन् ।

सोमबार साँझ न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई भेटेका जबराले कसैलाई पनि अपमाननपूर्वक हटाउन नहुने धारणा राखे । जबराले सम्मानजनक निकासको प्रस्ताव अघि सारेपछि न्यायाधीशहरुले प्रष्ट मार्गचित्र मागेका थिए । संविधानअनुकुल निकास भनेको महाअभियोग वा ६५ वर्षे उमेर हद पार गरेपछिको नियमित अवकाश हो । यसले वार्तामा बसेका न्यायाधीशहरुलाई झस्काएको थियो ।

भेटमा सहभागी न्यायाधीशहरुले अरु न्यायाधीशलाई ब्रिफिङ गर्दा प्रधानन्यायाधीश जबराले ‘छलफल गरौं, सकेसम्म संविधान अनुकुल नै गरौं’ भनेको जानकारी दिएका छन् । यहि कारण सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न सहमत भएका न्यायाधीशहरु मंगलबार बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइमा सहभागि भएनन् ।

न्यायाधीशहरु मंगलबार पुनः आन्तरिक छलफलमा जुटे पनि कसरी अघि बढ्ने भन्ने बारे निर्णय भैसकेको छैन । नेपाल बार एशोसिएशनले भने प्रधानन्याधीशको राजीनामा माग्दै कालो पट्टि बाँधेर नियमित जसो आन्दोलन गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ