Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदशैं र तिहारमा च्याङ्ग्रा बेचेर मुस्ताङवासीले कमाए ३५ करोड

दशैं र तिहारमा च्याङ्ग्रा बेचेर मुस्ताङवासीले कमाए ३५ करोड


काठमाडौं, मुस्ताङ । मुस्ताङबाट यसपालिको दशैँ तिहारमा ३५ करोड रुपैयाँ बराबरको च्याङ्ग्रा निकासी भएको पाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार सरदर प्रति गोटा ३५ हजार रुपैयाँका दरले दश हजार च्याङ्ग्रा बेचेका किसानले ३५ करोड रुपैयाँ भित्र्याएका हुन् ।

केन्द्रका प्रमुख दण्डपाणि सापकोटाले दशैँमा सात हजार र तिहारका लागि तीन हजार वटा च्याङ्ग्रा निकासी भएको जानकारि दिए । स्वास्थ्य परीक्षण गरेर निकासी गरेका आधारमा झन्डै दश हजार च्याङ्ग्रा बाहिरिएको पाइएको हो । तिब्बतबाट भेडा\च्याङ्ग्रा नआएपछि विगतको तुलनामा झन्डै आधा सङ्ख्यामा भेडा\च्याङ्ग्रा निकासी भएको छ । अघिल्ला वर्षहरूमा २० देखि २५ हजारको सङ्ख्यामा भेडा÷च्याङ्ग्रा निकासी हुँदै आएको थियो । यसवर्ष निकासी भएका धेरैजसो भेडा\च्याङ्ग्रा मुस्ताङकै रहेको बताइएको छ ।

व्यापारीहरूले घटाएर विवरण दिने गरेकाले यो भन्दा बढी निकासी भएको हुनसक्ने केन्द्रका प्रमुख शर्माले बताए । पशु चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराउँदा प्रति गोटा १५ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।  यो वर्ष तिब्बतबाट भेडा\च्याङ्ग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरूले उत्पादन गरेका भेडा च्याङ्ग्राले माग नधान्ने भएपछि किसान र बीचका व्यापारीहरूले मूल्य बढाएका थिए । गत वर्षको तुलनामा मुस्ताङमै प्रति गोटा पाँचदेखि १० हजार रुपैयाँसम्म मूल्य बढेको व्यापारीहरूले जानकारी दिएका छन् । मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका ठाउँमा किसानले च्याङग्रा पाल्नेगरेका छन् ।

उच्च हिमाली भेगमा पालन गरिएका भेडा\च्याङ्ग्राले विशेषगरी लेकाली जडिबुटीहरू खाने भएकाले दशैँ तिहार जस्ता पर्वहरूमा पोसिलो मासुको रूपमा मुस्ताङका भेडा\च्याङ्ग्राको माग बढी हुने गरेको छ । च्याङ्ग्रालाई मासु खानका लागि योग्य बनाउन चारदेखि पाँच वर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्याङ्ग्रा पालनको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको व्यवस्था मिलाउँदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ