Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबाइडेन, मर्केल जोन्सनलाई पछि पार्दै मोदी बने विश्वकै लोकप्रिय नेता

बाइडेन, मर्केल जोन्सनलाई पछि पार्दै मोदी बने विश्वकै लोकप्रिय नेता


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः एकपटक विश्वकै लोकप्रिय नेताका रुपमा दरिएका छन् । अमेरिकी डेट इन्टिलेजेन्स फर्म द मर्निङ कन्सल्टको पछिल्लो सर्वेक्षणमा भारतीय प्रधानमन्त्री मोदीले अप्रुभल रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित संसारका १३ चर्चित नेताहरुलाई उछिनेका हुन् ।

५ नोभेम्बरमा सार्वजनिक गरिएको यो सर्वेमा मोदी अन्य विश्व नेताहरुभन्दा अगाडि देखिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले लोकप्रियताको ग्राफमा मेक्सिकन राष्ट्रपति आन्द्रे म्यानुएनल लोपेज ओब्राडोर, इटालीका प्रधानमन्त्री मारियो दाघ्री, जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी राष्ट्रपति जो बाइडेनलाई समेत पछि पारेका छन् । द मर्निङ कन्सल्ट सर्वेका अनुसार भारतमा कोरोनाको दोस्रो लहर (मे २०२१) को बेला मोदीको लोकप्रियतामा भारी गिरावट आएको थियो । यो बेला भारतीय अस्पतालहरुले अक्सिजनको चरम अभाव झेल्नुपरेको थियो ।

सन् २०२० मा मोदीको अप्रुभल रेटिङ सबैभन्दा धेरै ८४ प्रतिशत थियो । जतिबेला भारत कोरोना महामारीबाट बाहिर निस्किएको थियो । अहिलेको सरकारी व्यवस्थापन र विश्वव्यापि सञ्जालमा भारतको सक्रियताका कारण पनि प्रधानमन्त्री मोदी चर्चाको शिखरमा पुगेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ