Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा एलेक्स कार्की काउन्सिलर पदका उमेद्वार, नेपालीले पनि गर्न सक्छ भन्ने सन्देश

सिड्नीमा एलेक्स कार्की काउन्सिलर पदका उमेद्वार, नेपालीले पनि गर्न सक्छ भन्ने सन्देश


सिड्नी/३७ वर्षका नेपाली इन्जिनियर एलेक्स कार्की यतिबेला चुनावी प्रचारप्रसारमा होमिनु भएको छ । अष्ट्रेलियाको मुख्य दल मध्येको एक लेभर पार्टीले एलेक्सलाई न्यु साउथ वेल्स राज्यको स्थानिय निकायको चुनावमा टिकट दिएको हो । एलेक्सले सिड्नीको द हिल स्राइन काउन्सिलको काउन्सिलर पदमा टिकट पाउनु भएको हो । न्यु साउथ वेल्स राज्यमा आगामी डिसेम्बर ४ तारिखमा स्थानिय निकायको चुनाव हुदैछ । काउन्सिलको चार वटा वडा मध्ये वेष्ट वार्डबाट एलेक्स चुनाव लड्दै हुनुहुन्छ ।

एलेक्सको टिममा ३ जनाको समुह छ । बारबरा बुर्टन र मोनिका ट्रेसी सहितको तीन जनाको समुहमा एलेक्स दोस्रो नम्बरमा हुनुहुन्छ । विजयी हुने प्राथमिकताका आधारमा पार्टीले उमेद्वारहरुको नम्बर तोक्ने गर्छ । सामान्य अवस्थामा १ र २ नम्बरका उमेद्वारले जित्ने संभावना हुन्छ ।

एलेक्स आफ्नो टिमसग

यस काउन्सिलमा १२ जना काउन्सिलरका लागि मतदान हुदैछ । १२ मध्ये लेभर पार्टीले यहाँ ९ जना उमेद्वारलाई मैदानमा पठाएको छ । स्थानिय समुदायसंग निकै राम्रो हिमचिम भएकाले आफुले जित्ने संभावना ८० प्रतिशत भन्दा माथी रहेको एलेक्सले नेपालट्युबलाई बताउनुभयो ।

पेशाले सिभिल इन्जिनियर एलेक्स सन् २००३ मा अध्ययनका लागि अष्ट्रेलिया आउनु भएको हो । दोलखा स्थाइ घर भएका एलेक्सले सिड्नीको युनिभर्सिटी अफ न्यु साउथ वेल्समा अध्ययनकै समयमा सन् २००७ मा लेभर पार्टीको सदस्यता लिनुभएको थियो । विभिन्न समयमा विश्वविद्यालयको शैक्षिक बोर्डहरुमा निर्वाचित भएर एलेक्सले विद्यार्थी हकहितका लागि काम गरिसक्नुभएको छ । विद्यँर्थीकालमै सिड्नी सिटी काउन्सिलमा समेत काम गरिसक्नु भएका एलेक्स हाल राज्य सरकारको यातायात विभागमा कार्यरत हुनुहुन्छ । नेपालीमुलका अष्ट्रेलियनहरु मुलधारमा अल्पसंख्यकमा पर्ने भएकाले हामी पनि केही गर्न सक्छौ भन्ने सन्देश दिन आफुले उमेद्वारी दिएको एलेक्सको भनाई छ । ‘जितहार जे पनि हुन सक्छ‘- एलेक्सले भन्नुभयो- ‘तर मैले दिएको उमेद्वारीले अरु सयौं नेपाली युवालाई हामी पनि मुलधारको राजनीतिमा आउन सक्छौ है भन्ने सन्देश दिनु महत्वपुर्ण हुन्छ ।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ