Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीको स्थानिय चुनावमा एउटै काउन्सिलमा ४ नेपालीबिच प्रतिष्प्रर्धा । कसले मार्ला बाजी ?

सिड्नीको स्थानिय चुनावमा एउटै काउन्सिलमा ४ नेपालीबिच प्रतिष्प्रर्धा । कसले मार्ला बाजी ?


सरल गुरुङ/सिड्नी, डिसेम्बर ४ तारिखमा हुन लागेको न्यु साउथ वेल्स राज्यको स्थानिय निकायको चुनावमा ४ नेपालीबिच नै कडा प्रतिष्प्रर्धा हुने भएको छ । अष्ट्रेलियाको सत्तारुढ दल लिभरल र विपक्षी लेभर दुबै पार्टीले एउटै काउन्सिलमा नेपालीलाई टिकट दिएपछि प्रतिष्प्रर्धा कडा हुने देखिएको हो । नेपालीहरुको बाक्लो बस्ती रहेको सिड्नीको क्याम्पेलटाउन सिटी काउन्सिलमा दुइ ठुला पार्टीले नेपालीमुलका लागि उमेद्वार बनाएको र स्वतन्त्र उमेद्वार पनि नेपाली नै उठेपछि  प्रतिष्प्रर्धा रोचक हुने भएको हो ।

१५ काउन्सिलरका लागि हुन लागेको निर्वाचनमा लिभरल पार्टीबाट दम्पत्ति बिनोद पौडल र जिम्पसोना पौडेलले उमेद्वारी दिनुभएको छ भने, लेभरपार्टीबाट २५ वर्षिय दोस्रो पुस्ताकी नेपाली अस्मिता खरेलको उमेद्वारी परेको छ । त्यस्तै स्वतन्त्र समुहबाट साजन कार्कीको पनि उमेद्वारी परेको छ ।

यस्ता छन् उमेद्वार

नेपालको बागलुङमा जन्मनु भएकी अस्मिता १४ वर्षको उमेरमा अष्ट्रेलिया आउनुभएको हो । यत्तै कक्षा १० देखि पढ्न सुरु गर्नुभएको अस्मिताले सन् २०१६ मा लेभर पार्टीको सदस्यता लिनुभएको थियो । बुवा टुं¨नाथ खरेलबाट प्रभावित भई समाजलाई केही योगदान गर्नका लागि आफुले राजनीतिक पार्टीको सदस्यता लिएको अस्मिताले नेपालट्युबलाई बताउनुभयो । हाल सामाजिक सेवाको क्षेत्रमा कार्यरत अस्मिताले आफुलाई राजनीतिको बारेमा धेरै कुरा थाहा नभएपनि आफ्नो उमेद्वारी र सक्रियताले नेपाली र अष्ट्रेलियाली समाजको हित हुने कुरामा आफु ढुक्क रहेको बताउनुभयो ।

सन् २००७ मा अध्ययनका लागि अष्ट्रेलिया आउनु भएका पौडेल दम्पत्तिले सन् २०१२ देखि नै लिवरल पार्टीको सदस्यता लिनुभएको थियो । बिनोदले त सन् २०१३ देखि १५ सम्म राज्य सरकारको मन्त्रीस्तरिय सल्लाहकार समितिको संयोजक समेत रहेर काम गरिसक्नु भएको छ । बिनोदको स्थाई घर चितवन हो भने जिम्पसोनाको धरान । बिनोद हाल मोटिभेसन कोचका रुपमा कार्यरत हुनुहुन्छ भने जिम्पसोना नारी निकुञ्ज अष्ट्रेलियाको कोषाध्यक्ष हुनुहुन्छ ।

हेटौडा स्थाइ घर भएका साजन कार्की सन् २००८ मा विद्यार्थीका रुपमा अष्ट्रेलिया आउनु भएको हो । क्याम्पेल टाउन क्षेत्रमा व्यवसाय गरिरहनुभएका साजनले ठुला दलहरुले नेपाली, बंगाली र भारतिय समुदायको भोट तान्नका लागि मात्रै नेपालीलाई उमेद्वार बनाएकोमा गुनासो गर्नुभयो । उमेद्वारहरुको पुछार नम्बरमा नेपालीलाई उमेद्वार बनाएकाले सबै नेपालीले भोट दिएपनि हार्ने अवस्था देखिएकाले आफुले स्वतन्त्र समुह बनाएर उमेद्वारी दिएको साजनको भनाई छ । स्वतन्त्र टिमबाट साजन तेस्रो नम्बरका उमेद्वार हुनुहुन्छ ।

कसले मार्लान बाजी

तीन नेपालीमध्ये कसले जित्ला त ? भन्ने प्रश्न महत्वपुर्ण छ । दुबै पार्टीबाट नेपालीमुलका उमेद्वार भएकाले क्याम्पेलटाउन सिटी काउन्सिलका नेपाली मतदातालाई कसलाई चुन्ने भन्ने चुनौती थपिएको छ । यो सिटी काउन्सिलमा यसअघि १५ सिट मध्ये मेयर र काउन्सिलर गरी ८ सिटमा लेभरले जितेको थियो । त्यस्तै ३ सिटमा लिभरल, दुइ सिट स्वतन्त्र र एकएक सिट कम्युनिटी फष्ट र ग्रिन पार्टीले जितेको थियो । यसपाली नेपालीको भोट बाडिने भएकाले नतिजामा फरकपन आउने देखिन्छ ।

क्याम्पेल टाउन सिटी काउन्सिलमा वार्डका आधारमा नभई पुरै काउन्सिलका मतदाताले उमेद्वारका पार्टीलाई भोट गर्ने व्यवस्था गरिएको छ । अर्थात उमेद्वारी दिएका लेभर, लिभरल, ग्रिन, कम्युनिटी फस्ट र स्वतन्त्र उमेद्वारलाई १, २, र ३ गरि नम्बर दिइएको हुन्छ । मतदाताले रुचाएको उमेद्वारलाई नभई उसको पार्टीलाई मतदान गर्नुपर्छ । त्यस्तै एउटै पार्टीका उमेद्वार भित्र पनि श्रेष्ठताका आधारमा नम्बर दिइएको छ । पार्टीले पाएको मतबाट नम्बर १, २, ३ गर्दै श्रेष्ठताका आधारमा उमेद्वारहरु निर्वाचित हुनेछन् ।

यस सिटी काउन्सिलमा लेभरले १० वटा सिटमा उठाएका उमेद्वारमध्ये नेपालीमुलकी अस्मितालाई १० औ नम्बरको उमेद्वार बनाएको छ । भने लिभरलले बिनोदलाई ५ र जिम्पसोनालाई ७ नम्बरको उमेद्वार बनाएको छ । त्यस्तै स्वतन्त्र टिममा साजन तेस्रो नम्बरको उमेद्वार हुनुहुन्छ । यसअघिको निर्वाचनमा लेभरले ८, लिभरलले ३ वटा र स्वतन्त्रले २ सिट जितेको थियो । यस आधारमो आफुले जित्ने हो भने आफ्नो टिम र पार्टीलाई बढीभन्दा बढी मत दिलाउनुपर्छ । यस काउन्सिलमा १ लाखभन्दा बढी मतदाता मध्ये ५५ सय जति नेपालीमुलका छन् । एउटा उमेद्वार जित्न पार्टीले लगभग ५ हजार भोट ल्याउनुपर्छ । यस हिसाबले नेपाली समुदायको भोटले एक जना नेपालीलाई जिताउन सक्छ । उमेद्वारहरुको लिष्टमा १० नम्बरभन्दा ५ नम्बरमा भएका उमेद्वारले जित्ने संभावना बढी हुन्छ । न्यु साउथ वेल्समा १२८ स्थानिय निकायमध्ये १२४ वटामा डिसेम्बर ४ मा निर्वाचन हुदैछ । न्यु साउथ वेल्समा मतदान अनिवार्य छ ।


ट्याग : #Australia, #local election nsw 2021
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ