Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआइतबार डार्बिनमा पहिलो नेपाली भलिबल प्रतियोगिता हुदै । महिलाको छुट्टै टिम

आइतबार डार्बिनमा पहिलो नेपाली भलिबल प्रतियोगिता हुदै । महिलाको छुट्टै टिम


डार्बिन/नर्दन टेरिटोरी राज्यको डार्बिनमा आगामी नोभेम्बर १४ आइतबार नेपाली भलिबल प्रतियोगिता हुने भएको छ । नेपाली भलिबल क्लब डार्बिन, नेपलिज एशोसियसन अफ नर्दन टेरिटोरी र एनआरएनए एनटी मिलेर पहिलो पटक भलिबल प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताका लागि हालसम्म ७ पुरुष र २ महिला टिमले नाम दर्ता गरिसकेको एनआरएनए एनटीका संयोजक विष्णु चापागाइले जानकारी दिनुभयो ।

प्रतियोगिता मरारा रंगशालामा बिहान साढे ८ देखि बेलुका साढे ७ बजेसम्म हुनेछ । लिगको आधारमा खेलाइने खेलमा विजयी चार टिमबिच सेमिफाइनल हुनेछ । सेमिफाइनलका विजेता र उपविजेताबिच फाइनल खेल हुनेछ । विजयी टिमलाई मेडल र शिल्ड पुरस्कार दिने बताइएको छ । नेपालीबिच भाइचार बढाउन प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । खेलमा दर्शकलाइ प्रवेश निशुल्क गरिएको छ ।


ट्याग : #nepali, #NT, #Sports, #volleyball
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ