Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियासंगै प्यासिफिक देशमा नेपालीको गणना सुरु । विवरण मर्दापर्दा काम लाग्ने ।

अष्ट्रेलियासंगै प्यासिफिक देशमा नेपालीको गणना सुरु । विवरण मर्दापर्दा काम लाग्ने ।


सरल गुरुङ/सिड्नी

पराराष्ट्र मन्त्रालयले अष्ट्रेलिया लगायत प्यासिफिक क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको गणना सुरु गरेको छ ।
शुक्रबारबाट सुरु भएको गणनामा अष्ट्रेलिया लगायत न्युजल्याण्ड, फिजी, पपवान्युगिनी, भानुआटु, सोलमन आइल्याण्ड, टुभालु र सामोवामा बसोबास गर्ने नेपाली नागरिक सहभागी हुन सक्नेछन् ।

त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाली दुतावास अष्ट्रेलियाको वेवसाइटमा गएर स्वतस्र्फुत आफ्नो सामान्य विवरण भर्नु पर्नेछ । जसका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।

हाललाई विद्यार्थी, विभिन्न पेशामा आवद्ध र पि आर पाइसकेका नेपाली नागरिकको विवरण संकलन गर्न लागिएको हो । केही समयपछि विदेशी नागरिकता लिइसकेका नेपालीहरुको पनि विवरण संकलन गरिने दुतावासले जनाएको छ ।

यसरी भरिएको विवरणहरु पराराष्ट्र मन्त्रालयमा गोप्य तरिकाले सुरक्षित गरिने दुतावासले जनाएको छ ।
आफ्ना नागरिकको सुरक्षाका लागि गणना सुरु गरिएको अष्ट्रेलियाका लागि कार्यबहाक राजदूत दुरपदा सापकोटाले बताउनुभयो । यस भेगमा नेपालीको संख्या बढेसंगै विभिन्न दुर्घटना पनि बढिरहेका छन् । ती व्यक्तिहरुको विवरण दुतावासमा नहुदा सहयोग र उद्धार गर्न कठिनाई हुने गरेको छ । “हाम्रा नागरिकलाई विदेशी भूमीमा समस्या पर्दा तत्काल सहयोग गर्न सकियोस् भनेर तथ्यांक संकलन गर्न लागिएको हो” -कार्यबहाक राजदूत सापकोटा भन्नुभयो – “हाम्रो नागरिकहरु विद्यार्थी जिवन हुदै कुन कुन सिप र पेशा अंगालेका रहेछन् भनेर थाहा पाउन पनि सजिलो हुन्छ” ।
दक्ष नागरिकको सिप र जोशलाई स्वदेशमा कसरी लगानी गर्ने भनेर योजना बनाउन पनि सजिलो हुने राजदूत सापकोटाको भनाई छ ।

पराराष्ट्र मन्त्रालयको यो कदमलाई गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले पनि सकारात्मक रुपमा लिएको छ । “यो राम्रो कामको सुरुवात हो” -संघका अध्यक्ष टोनु घोतानेले भन्नुभयो – “यसले यस भेगमा बस्ने नेपालीको संख्यामात्रै थाहा हुदैन बरु उनीहरुको लागि लवी गर्न समेत सजिलो हुनेछ” ।
यस भेगमा बस्ने सबै नेपालीलाई आ आफ्नो विवरण उपलब्ध गराउन अध्यक्ष घोतानेले आव्हान गर्नुभयो ।
यो धेरै राम्रो कुरा हो । सहयोग गर्न सरकारसंग लबी गर्नको लागि राम्रो । आफु र चिनेको मान्छेलाई विवरण भर्न भन्ने ।

प्यासिफिक क्षेत्रमा कति नेपाली बसोबास गर्छ त्यसको एकिन तथ्यांक कसैसंग पनि छैन । तर, अष्ट्रेलियामा मात्रै १ लाखको हाराहारीमा नेपाली रहेको अनुमान भने गरिदै आएको छ । यो विवरण संकलन पनि नेपालीको संख्या एकिन गर्न सजिलो हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ