Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा पनि यत्ति राम्रो नेपाली म्युजिक भिडियो बन्दो रहेछ (भिडियो सहित)

अष्ट्रेलियामा पनि यत्ति राम्रो नेपाली म्युजिक भिडियो बन्दो रहेछ (भिडियो सहित)


ब्रिजवेन/चर्चित गायक सुनिल गिरीको नयाँ गित ‘हाम्रो सम्बन्ध’को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो अष्ट्रेलियाको ब्रिजवेन र आसपासका क्षेत्रमा खिचिएको हो । यसअघि अष्ट्रेलियामै बनेका नेपाली म्युजिक भिडियोहरु भन्दा प्राविधिक र कथावस्तुका हिसाब यो भिडियो अब्बल छ । युवा भिडियोकर्मी तथा सिनेम्याटोग्राफर सुदिप विष्टले भिडियोको निर्देशन गर्नुभएको हो । भिडियोको छायांकन र सम्पादन समेत विष्ट आफैले गर्नुभएको हो । भिडियोमा नेपालमा कुनै समय म्युजिक भिडियोमा राम्रै नाम कमाएका मोडल करण गुरुङ जिग्मेलाई नव कलाकार हिलारी रावलले साथ दिनुभएको छ ।

भिडियोमा एउटा गायकको एकतर्फी प्रेमलाई निकै सरल शैलीमा प्रस्तुत गरिएको छ । कफिका लागि क्याफेमा पुगेका गायकले त्यहि काम गर्ने एक युवती (हिलारी) लाई एकतर्फी मन पराउछन् । गितका लागि शब्द सृजना गर्दै जाने क्रममा गायकले आफ्नो प्रेमीसंग कल्पना गरेका दृश्यहरु निकै आकर्षक तवरले भिडियोमा उतारिएको छ ।
व्रिजवेनको रात्रीकालिन दृश्य, गोलकोष्टको समुन्द्र र स्टुडियो सेटअफमा देखाइएको कारको दृश्य लोभलाग्दो छ । स्लो मोसनमा प्रस्तुत भिडियो र कथावस्तुले दर्शकलाई तानिरहन्छ । त्यसमा दुबै कलाकारको अभिनयले भिडियोलाई जीवन्त बनाइदिएको छ । स्मुथ दृश्य र आखा नबिझाउने कलर ग्रेडिङले भिडियोको स्तर निकै माथी उठाएको छ । भिडियोका केही अंशमा ब्रिजवेनका उम्दा नृत्य निर्देशक किरण मगरले निकै कलात्मक नृत्य कम्पोज गर्नुभएको छ ।

यसअघि बनेका अधिकांश भिडियोहरुमा अष्ट्रेलियाको समुन्द्र र शहरलाई जवरजस्ती कोचेको जस्तो देखिन्थ्यो । कथावस्तु एकातिर अभिनय र दृश्य अर्कोतिर हुनेभएकाले भिडियो न हास जस्तो न बकुल्ला जस्तो बन्ने गरेको थियो । तर, त्यस्ता समस्यालाई हटाउदै बनेको हाम्रो सम्बन्धको भिडियो अष्ट्रेलियामा बनेका भिडियोहरु मध्ये अब्बल छ । Ratings 4.3/5



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ