Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियालाई पहिलो पटक टी–ट्वान्टी विश्वकपको उपाधि

अष्ट्रेलियालाई पहिलो पटक टी–ट्वान्टी विश्वकपको उपाधि


काठमाडौं । टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ । आइतबार भएको फाइनल खेलमा न्यूजिल्याण्डमाथी ८ विकेटको जित हात पार्दै अष्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि उचालेको हो ।

दुबई मैदानमा भएको खेलमा टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रनको चुनौँती प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १८ ओभर ५ बलमा २ विकेटको क्षतिमै लक्ष्य भेटायो । अष्ट्रेलियाका डेबिड वार्नर र मिचेल मार्शले अर्धशतक बनाए । मार्शले ७७ रन बनाउँदा वार्नरले ५३ रनको योगदान दिए । यस्तै कप्तान आरोन फिन्च ५ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे ।

न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले २ विकेट लिए। न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । मार्टिन गुप्टिलले २८ रन जोड्दा ग्लेन फिलिप्सले १८ रन बनाए । डार्यल मिचेलले ११ रन जोडे । जेम्स निशमले अविजित १३ रन जोड्दा टिम सेइफर्टले अविजित ८ रन बनाए । अष्ट्रेलियाका जोस हाजलउडले १६ रन खर्चिएर ३ विकेट लिए । एडम जाम्पाले १ विकेट लिए । कप्तान विलियम्सन बाहेक अन्य बलरले सफलता नपाउँदा न्यूजिल्याण्डले उपविजेतामा चित्त बुझाउनु परेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ