Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकामदारको श्रम शोषण गर्ने दुइ जना सिड्नीबाट पक्राउ, मानव बेचबिखनको मुद्दा दर्ता

कामदारको श्रम शोषण गर्ने दुइ जना सिड्नीबाट पक्राउ, मानव बेचबिखनको मुद्दा दर्ता


सिड्नी/आफ्नो क्याफेमा काम गर्ने कामदारलाई दुव्र्येवहार गर्ने तथा कम पारिश्रमिक दिएर श्रम शोषण गरेको आरोपमा सिड्नीमा एक महिला र एक पुरुष समातिएका छन् । अष्ट्रेलियन फेडरल पुलिस एएफपीले वेष्टर्न सिड्नीबाट उनीहरुलाई पक्राउ गरि मानव बेचबिखन र श्रमशोषणको मुद्दा लगाएको हो । सन् २०१८ मा कामदारले फेयर वर्क एमबुड्सम्यानमा आफुमाथी श्रम शोषण भएको उजुरी गरेका थिए ।

त्यहि उजुरीका आधारमा एएफपीले अपरेसन सिल्भरबोल्ट सुरु गरेको थियो । अनुसन्धानका क्रममा ५९ वर्षिय ती पुरुष साहुजीले आफ्ना कामदारलाई तथानाम गाली गर्ने, देश निकाला गरिदिने धम्की दिने, कामदारहरुको मोवाइल फोनको निगरानी गर्ने तथा राहदानी कब्जा गर्ने गरेको भेटिएको थियो । ती साहुजीले कामदारलाई आफ्नो समुदायबाट अलग राख्ने कसैसंग सम्पर्क गर्न नदिने, तोकिएभन्दा कम पारिश्रमिक दिने तथा खानाका लागि पनि तड्पाउने गरेको अनुसन्धानमा भेटिएको एएफपीले जनाएको छ । प्रहरीले कामदारमाथी भएको शोषणको प्रत्यक्षदर्शीहरुको बयानसमेत संकलन गरिसकेको छ । प्रहरीले केही दिन अघि अभियुक्तहरुको घर र क्याफेमा छापा मारेर केही थान मोवाइल र आर्थिक कागजपत्रहरु बरामद गरेको छ । साहुजी तथा कामदारको राष्ट्रियता बारे प्रहरीले खुलाएको छैन ।

Notice from AFP
If you are at risk of modern slavery or know someone who may be at risk, contact Anti-Slavery Australia on (02) 9514 8115 for free and confidential legal advice or the Australian Red Cross on (03) 9345 1800. Anyone with information on human trafficking occurring in Australia can report it to the AFP on 131 AFP (237) or via the AFP website.
For more information on human trafficking, including the signs a person may be at risked of being trafficked, visit the Human trafficking page.



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ