Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा आज बेलुकादेखि कोभिड प्रतिबन्धहरु थप खुकुलो हुदै । अब के के गर्न पाइन्छ त ?

भिक्टोरियामा आज बेलुकादेखि कोभिड प्रतिबन्धहरु थप खुकुलो हुदै । अब के के गर्न पाइन्छ त ?


मेलवर्न/दुबै खोप लगाउनेको संख्या ९० प्रतिशत पुग्न लागेपछि आज बेलुकाबाट अधिकांश प्रतिबन्धहरु हटाइने भएको छ । प्रिमियर ड्यानियल एन्ड्रयुले राज्यभरी नै अधिकांश प्रतिबन्धहरु हटाइन लागेको जानकारी दिनुभएको हो । अधिकांश स्थानहरुमा मास्क लगाउनुपर्ने नियम हट्दैछन् भने रेष्टुरेन्टहरुमा पनि ग्राहकको संख्या नतोकिने भएको छ । त्यस्तै कोरोना लागेकाहरुले १४ दिनको साटो १० दिन मात्रै आइसोलेसनमा बस्नुपर्नेछ ।

यी प्रतिबन्धहरु हटेसंगै भिक्टोरिया राज्य सामान्य अवस्थाको निकै नजिक पुग्ने प्रिमियर एन्ड्रयुले बताउनुभयो ।

अब के के गर्न पाइन्छ

१. रेष्टुरेन्ट, पप र बारहरुमा ग्राहकको संख्या नतोकिने । जति पनि ग्राहक जान पाउने ।
२. अबदेखि घरमा जति पाहुना बोलाउन पनि पाइने ।
३. अधिकांश स्थानमा मास्क लगाउन नपर्ने, अस्पताल, सार्वजनिक सवारी, पसल र प्राथमिक विद्यालयमा भने अझै मास्क लगाउनुपर्ने ।
४. कोरोना लागेकाहरुले १४ दिनको साटो १० दिन मात्रै आइसोलेसनमा बस्नुपर्नेछ
५. कोरोना लागेकाहरुसंग सम्पर्कमा आएकाहरुले दुबै खोप लगाएमा ७ दिन मात्रै आइसोलेनसमा बसे हुने ।

भिक्टोरियामा अघिल्लो २४ घण्टामा १ हजार ७ जनामा कोरोना संक्रमण देखिएको छ । डेल्टा भाइरसको संक्रमण बढेपछि मात्रै भिक्टोरियामा ४४५ जनाले ज्यान गुमाएका छन् । खोप लगाउनेको संख्या बढेसंगै अस्पताल भर्ना हुनेको संख्या भने निकै घटेको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ