Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतीन महिनामै नेपालीले विदेशमा गरे १५ अर्ब बढी खर्च, नेपाल आउने भन्दा बाहिरिने बढी !

तीन महिनामै नेपालीले विदेशमा गरे १५ अर्ब बढी खर्च, नेपाल आउने भन्दा बाहिरिने बढी !


काठमाडौं । विदेशीले नेपालमा पछिल्लो तीन महिनामा चार अर्ब २० करोड रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा १५ अर्बभन्दा धेरै खर्च गरेका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सेवा आयमा देशले २३ अर्ब ७९ करोडको घाटा व्यहोनुपरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तीन महिनामा सेवा आय ११ अर्ब ९४ करोड रुपैयाँ रहेकोमा अहिले दोब्बरभन्दा धेरैले बढेर २३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । गएको साउन भदौ र असोजमा भ्रमण आय अर्थात् नेपाल आउने विदेशीले चार अर्ब २० करोड रुपैयाँ खर्च गरेका छन् । यो गएको वर्षको तुलनामा एक सय ८३ प्रतिशतले धेरै हो ।

यता, नेपालीले विदेशमा गर्ने खर्च अर्थात भ्रमण व्यय एक सय ८७ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ । गएको तीन महिनामा नै नेपालीले १५ अर्ब २६ करोड रुपैयाँ खर्च गरेका छन् । राष्ट्र बैंकका अनुसार योमध्ये अध्ययनका लागि विदेश जानेहरूले मात्रै तीन महिनामा आठ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ