Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीमा कोरोना संक्रमण

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीमा कोरोना संक्रमण


काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बन्द प्रशिक्षणका लागि गरिएको स्वाब संकलनका क्रममा ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कप्तान मल्लले सुरक्षा सावधानीको उपाय अपनाउदा अपनाउदै आफूलाई संक्रमण देखिएको पुष्टि गर्दै सामाजिक सञ्जाल मार्फत आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १६ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो । शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, सुवास खकुरेल र कुशल मल्लले अझै स्वाब दिन बाँकी छ ।

बन्द प्रशिक्षणका लागि थपिए ५ खेलाडी
यसैबीच क्रिकेट संघले थप ५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । बिक्रम शोव, अनिलकुमार साह, कुशल भुर्तेल, ऋत गौतम र लोकेश बमलाई प्रशिक्षणमा सहभागि हुन बोलाइएको हो । पीसीआर टेष्ट गर्दा नेगेटिभ आएमा बिहीबारबाटै ४ खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन् । लोकेश उपत्यका बाहिर परीक्षामा रहेकाले तत्काल सहभागी हुने छैनन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ