नेपालको राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हुने भन्दै पारसले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने बताएका छन् ।
क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादहरु आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै पनि बामे सर्दै गरेको दाबी छ । यू–१५ टोलीबाट सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका क्रिकेट खेल्न थालेका पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरे ।
खड्काले राष्ट्रिय टिमको क्याप्टेनबाट २०१९ अक्टोबर १५ मा राजीनामा दिएका थिए । उनकै कप्तानीमा नेपाली क्रिकेटले उल्लेख्य प्रगति गरेको थियो
यस्तो छ पारसको सन्यास घोषणा :
तपाईको प्रतिक्रिया