Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज साफ च्याम्पियनसिप फुटबलको महत्वपूर्ण खेल, भारत र नेपाल भिड्दै

आज साफ च्याम्पियनसिप फुटबलको महत्वपूर्ण खेल, भारत र नेपाल भिड्दै


काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ९ः४५ बजे हुने नेपाल र भारत बीचको प्रतिस्पर्धा रोचक बन्ने आँकलन गरिएको छ । सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन ।

जारी साफमा भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न लक्ष्यसहित मैदान उत्रिदैछ । प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ । साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेर खराब नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । भारत नेपालविरुद्ध स्पस्ट ३ अंकको खोजीमा हुनेछ ।

पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो । आजको खेल जित्नैपर्ने दबाबमा नेपाल र भारत दुबै टोली मौदान उत्रिने भएकाले पनि खेल रोचक हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ