Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसाफ च्याम्पियनसिप फुटबल भारतसँग नेपाल १–० गोल अन्तरले पराजित

साफ च्याम्पियनसिप फुटबल भारतसँग नेपाल १–० गोल अन्तरले पराजित


काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा अन्तर्गतको आइतबार रातीको खेलमा नेपाल भारतसँग पराजित भएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार राति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे । उनले फारुख चौधरीको हेडर पासमा गोल गरेका थिए । भारतका लागि सुनिलको यो ७७ औं गोल हो । नेपालविरुद्ध एकतर्फी खेल पस्किएको भारतले अन्य थुप्रै गोलको अवसर खेर फाल्यो । पहिली हाफको ३३ औं मिनेटमा सुनिलले खाली पोस्टमा समेत गोल गर्न सकेनन् । नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ बिट भईसकेको अवस्थामा उनको वान टच प्रहारले पोस्टको दिशा लिन सकेको थिएन् । खेलको ५७ औं मिनेटमा भारतका मनबिर सिंहले फ्रि हेडरमार्फत गोल गर्न खोज्दा नेपालका कप्तान तथा गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे । नेपालले दुबै हाफमा भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन । भारतले प्रतियोगितामा निकालेको यो नै पहिलो जित हो ।

भारत ३ खेलबाट ५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ । दुई खेलमा बराबरी खेलेको भारतले नेपालविरुद्धको खेलसँगै साफमा उत्कृष्ठ पुनरागमन गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ