Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeVideoअष्ट्रेलियाको पानीमा १८ नेपालीको ज्यान गयो । यत्ति कुरा जाने ज्यान जोगिन्छ । Beach Safety Australia

अष्ट्रेलियाको पानीमा १८ नेपालीको ज्यान गयो । यत्ति कुरा जाने ज्यान जोगिन्छ । Beach Safety Australia




Beach Safety Sydney
सरल गुरुङ/सिड्नी

अष्ट्रेलियामा तालमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ ।
आइतबार मध्यान्हतिर न्यु साउथ वेल्स राज्यमा पर्ने बेन्ट्स बेसिनमा २५ वर्षीय नेपाली युवा विश्वास भटाल जोशीको डुबेर ज्यान गएको एनआरएनएका प्रवक्ता डिला खरेलले जानकारी दिनुभयो । घटनास्थल पश्चिम सिड्नीको वाल्लेसियाबाट १० किलोमिटर पर पर्छ ।
तालमा पौडी खेल्न गएका केही युवाहरु डुबेपछि प्रत्यक्षदर्शीले आपतकालिन सेवालाई खबर गरेको स्थानिय संचारमाध्यम एसबिएसले जनाएको छ । अन्य तीन जनाको तत्कालै उद्धार गरिएपनि मृतक विश्वास भटाल भने बेपत्ता थिए । दुइ घण्टाको खोजी पछि उनको शव भेटिएको हो । पारामाट्टा नजिकैको फ्लेमिङटन क्षेत्रमा बसोबास गर्ने जोशीको स्थायी घर बिराटनगर हो । उनका परिवारसंग सम्पर्क भइरहेको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

पछिल्लो एक महिनामा पानीमा डुबेर नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो भने पानी सम्बन्धि दुर्घटना तेस्रो । गत डिसेम्बर अन्तिम साता दक्षिण अष्ट्रेलियामा समुन्द्रमा डुबेर २२ वर्षीय निश्चल घिमिरेको ज्यान गएको थियो । आफुले हेरचाह गर्ने असक्त बालकलाई बचाउन खोज्दा उनी समुन्द्रमा डुबेका थिए ।
त्यस्तै जनवरी ९ मा न्यु साउथ वेल्स राज्यमा पर्ने मुर्रे नदीमा २१ वर्षीय बिगुल पण्डित बेपत्ता भए । उनको अवस्था अझै अज्ञात छ ।
पछिल्लो २ वर्षको तथ्यांक हेर्ने हो भने झन् कहाली लाग्दो छ । सन् २०१७ जुलाई देखि हालसम्म अष्ट्रेलियामा १८ जना नेपालीले ज्यान गुमाएको एनआरएनको तथ्याकं छ । ती मध्ये अधिकांश पानी सम्बन्धित दुर्घटना भएको प्रवक्ता डिला खरेल बताउनुहुन्छ ।

आखिर किन बढिरहेको छ त यस्तो दुर्घटना ? समुन्द्रबारे सचेतना नहुदा नेपालीहरु डुब्ने गरेको भिजन फर मोटिभेसन(भिएफएम) का अध्यक्ष रमेश श्रेष्ठले बताउनुहुन्छ । भिएफएमले सन् २०१८ देखि वर्षको एक पटक सिड्नीमा ७० जना जति विद्यँर्थीलाई समुन्द्रमै लगेर जोखिमबारे प्रशिक्षण दिदै आएको छ ।
वर्षको एक पटक त्यसमा पनि सिड्नीमा मात्रै सिमित यस्तोे प्रशिक्षणले धेरै नेपालीलाई समेट्न सकेको छैन ।
यस्तो प्रशिक्षणलाई अष्ट्रेलियाका सबै राज्यस्तरमा गर्नुपर्ने एनआरएनए अष्ट्रेलियाका सचिव देव गुरुङको मत छ ।
भिएफएमको जस्तो प्रशिक्षण हामी छिट्टै एडिलेडमा गर्दैछौ गुरुङले भन्नुभयो अन्य राज्यहरुमा पनि गर्दै विस्तार गर्दै जाने हाम्रो तयारी छ ।

source



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ