Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeVideoबरु दुर्घटनामा मरेको भए हुन्थ्यो Help Chura Bahadur Pariyar

बरु दुर्घटनामा मरेको भए हुन्थ्यो Help Chura Bahadur Pariyar




भारतमा मजदुरी गर्ने चुराबहादुर परियार सडक दुर्घटनामा त बाचे, तर टाउको हल्लिने रोगले उनलाइ जिउन दिएको छैन । दुर्घटनामा परी नशा च्यापिएर पाच वर्षदेखि टाउको हल्लिने समस्यास‌ग जुध्दै आएका चुरा बहादुरले उपचार खर्च जुटाउन सकेका छैनन् । नियमित थेरापी गरे यो समस्या निको हुने चिकित्सकको भनाइ छ । तर दलित परिवारका चुरा बहादुरस‌ग उपचार गर्ने पैसा छैन । सडक दुर्घटनामा घाइते चुरा बहादुरको भारत सरकारले निशुल्क उपचार गरिदिएको थियो । घाउ सन्चो भएपछि उनी स्वदेश फर्किए । तर टाउको हल्लिने समस्याको उपचार गर्न सकेनन् । रमेश दमाइ भाइको उद्दार गर्न बागलुङ् पुग्दा मैलै चुराबहादुरलाइ भेटेको हु । उनले मस‌ग सहयोगको याचना गरे । उनी भन्दै थिए – भारतले त मलाइ बचायो, नेपाली दाजुभाइ तथा दिदिबहिनीले मलाइ नया जिवन दिने आशा छ ।

source



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ