Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaधादिङको दुर्गम भेगका विद्यार्थीलाई सघाउन तास्मानियामा उठ्यो २८ सय डलर

धादिङको दुर्गम भेगका विद्यार्थीलाई सघाउन तास्मानियामा उठ्यो २८ सय डलर


होबार्ट/धादिङको दुर्गम भेगका विद्यार्थीलाई जाडोको न्यानो कपडा र कापी कलम सहयोग गर्न तास्मानियाको होबार्टमा २८ सय डलर संकलन भएको छ । तिहारको अवसरमा चिठ्ठा खेलाएर नेपाली समाज तास्मानियाले सहयोग रकम जुटाएको हो । सहयोग रकमबाट धादिङको गंगाजमुना गाउ पालिकामा पर्ने ढाडाखर्क प्राथमिक विद्यालयका ९० जना भन्दा बढी विद्यार्थीलाई जाडोको कपडा र स्टेसनरी सामाग्री प्रदान गरिने भएको छ ।

होबार्टको चोक पबमा आयोजना भएको चिठ्ठा कार्यक्रमबाट ४ हजार १८० डलर संकलन भएको थियो । उक्त रकमबाट चिठ्ठा विजेता र केही प्रशासनिक खर्च कटाएर समाजले २८ सय १३ डलर सहयोगका लागि जम्मा गरेको समाजका सचिव अस्मिन घिमिरेले नेपालट्युबलाई जानकारी दिनुभयो । सहयोग सामाग्री विद्यालयसम्म पुर्याउनका लागि काम भइरहेको समेत घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा ४ सय ५० जना भन्दा बढी सहभागी भएको समाजले जनाएको छ ।

धादिङको दुर्गम भेगका विद्यार्थीलाई सघाउन तास्मानियामा तिहार चिठ्ठा



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ