Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaधादिङको दुर्गम भेगका विद्यार्थीलाई सघाउन तास्मानियामा तिहार चिठ्ठा

धादिङको दुर्गम भेगका विद्यार्थीलाई सघाउन तास्मानियामा तिहार चिठ्ठा


होबार्ट/धादिङ जिल्लाको विकट क्षेत्रका विद्यार्थीलाई जाडोको न्यानो कपडा र कापीकलम सहयोग गर्न तास्मानियाको होबार्टमा तिहार विशेष चिठ्ठा आयोजना हुने भएको छ । नेपाली समाज तास्मानियाले दशै र तिहारको अवसरमा सहयोग संकलन गर्नका लागि चिठ्ठाको आयोजना गरेको यसका सचिव अश्मिन घिमीरेले नेपालट्युबलाई जानकारी दिनुभयो । सहयोग रकमले धादिङको गंगाजमुना गाउ पालिकामा पर्ने ढाडाखर्क प्राथमिक विद्यालयका ९० जना भन्दा बढी विद्यार्थीलाई जाडोको कपडा र स्टेसनरी सामाग्री प्रदान गरिने घिमिरेले जानकारी दिनुभयो ।

३० अक्टोबरमा होबार्टको चोक पबमा आयोजना हुने तिहार साँझ कार्यक्रममा चिठ्ठाको नतिजा सार्वजनिक गरिनेछ । तास्मानियाको नेपाली पसलहरुमा उपलब्ध चिठ्ठाको प्रति टिकट १० डलर मुल्य राखिएको छ । पहिलो हुनेलाई २४ क्यारेट सुनको ६ सय डलर मुल्य बराबरको तिलहरी, दोस्रो हुनेलाई खसी र तेस्रो हुनेलाई गणेश र लक्ष्मीको मुर्ती प्रदान गरिने समाजले जनाएको छ । पहिलो र तेस्रो पुरस्कारको प्रायोजन होबार्टस्थित गणपति ज्वेलर्सले गरेको हो । हालसम्म ३ सय भन्दा बढी टिकट बिक्री भइसकेको आयोजकले जानकारी दिएको छ । टिकट किनिदिएर विकट गाउका नेपाली विद्यार्थीलाई सहयोग गर्ने अभियानमा साथ दिन घिमिरेले सबैलाई आग्रह गर्नुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ