NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अस्ट्रेलियामा नेपाली मूलका प्रहरी विकास भारतीलाई राष्ट्रिय बहादुरी पुरस्कार

Nepaltube Australia

अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरीमा कार्यरत नेपाली मूलका वरिष्ठ प्रहरी जवान विकास भारती राष्ट्रिय प्रहरी बहादुरी पुरस्कारबाट सम्मानित हुनुभएको छ।

सन् २०२६ अक्टोबर २८ मा क्यानबेरामा आयोजित समारोहमा प्रधानमन्त्री एन्थोनी अल्बानिजीले भारतीलाई ‘नेसनल पुलिस ब्रेभरी अवार्ड’ प्रदान गर्नुभएको हो।

सन् २०२५ अक्टोबर ५ मा सिड्नीको क्रोयडन पार्कमा गोली चलेको घटनामा आफ्नो ज्यान जोखिममा राखेर सहकर्मीलाई सुरक्षित स्थानमा पठाउनुका साथै घाइते नागरिकको ज्यान बचाउन साहसिक प्रयास गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो।

सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया पुग्नुभएको भारती हाल बर्वुड प्रहरी कमान्डमा कार्यरत  हुनुहुन्छ। उहाँको साहस र कर्तव्यनिष्ठाको न्यु साउथ वेल्स प्रहरीले प्रशंसा गरेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार