NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या घट्यो १२.५ प्रतिशतले

नेपालट्युब

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या गत वर्षको तुलनामा १२.५ प्रतिशतले घटेको छ।

अस्ट्रेलियाको शिक्षा विभागको तथ्यांकअनुसार सन् २०२६ को पहिलो आठ महिनामा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या ७ लाख ३८ हजार ६९४ पुगेको छ। यो सन् २०२३ यताकै न्यून रहेको बताइएको छ।

समग्र विद्यार्थी सङ्ख्या घटे पनि नेपाली विद्यार्थीको नयाँ भर्ना भने बढेको छ। सन् २०२६ मा ५७ हजार ११३ नेपाली विद्यार्थीले नयाँ भर्ना लिएका छन्।

स्टडी ट्राभल नेटवर्कको रिपोर्टअनुसार कडा भिसा नीति, भिसा शुल्कमा वृद्धि, अध्ययनपछिको काम गर्ने सुविधामा कटौती र बढ्दो जीवनयापन खर्च विद्यार्थी सङ्ख्या घट्नुका प्रमुख कारण हुन्।

सन् २०२४ मा १ हजार ६ सय अस्ट्रेलियन डलर रहेको विद्यार्थी भिसा शुल्क सन् २०२६ मा बढेर २ हजार ५ सय डलर पुगेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार