भिक्टोरियामा २० वटा निःशुल्क दन्त उपचार केन्द्र खोल्ने लेबर पार्टीको घोषणा
नेपालट्युब
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा लेबर पार्टीले आगामी निर्वाचनमा पुनः निर्वाचित भएमा २३ करोड अस्ट्रेलियन डलर लगानी गरी २० वटा निःशुल्क दन्त उपचार केन्द्र सञ्चालन गर्ने घोषणा गरेको छ।
मेलबर्नमा १४ र क्षेत्रीय क्षेत्रमा ६ वटा केन्द्र सन् २०२७ जुलाईदेखि क्रमशः सञ्चालनमा ल्याउने योजना छ।
यी केन्द्रमा बिना अपोइन्टमेन्ट र बिना शुल्क दाँतको जाँच, फिलिङ, रुट क्यानल तथा दाँत निकाल्नेलगायतका सेवा उपलब्ध गराइनेछ।
त्यस्तै, सार्वजनिक दन्त सेवामा चिकित्सक आकर्षित गर्न २० हजारदेखि ३० हजार अस्ट्रेलियन डलरसम्म बोनस दिने योजना पनि अघि सारिएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…


