NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

अस्ट्रेलियामा वर्किङ होलिडे भिसाको कोटा ५ गुणाले बढाउने घोषणा

Nepaltube Australia

अस्ट्रेलिया सरकारले तेस्रो वर्षको वर्किङ होलिडे भिसाका लागि प्रस्तावित कोटा ५ हजारबाट बढाएर २५ हजार पुर्‍याउने घोषणा गरेको छ।

गृहमन्त्री टोनी बर्कले मंगलबार नयाँ योजना सार्वजनिक गर्दै कृषि, पर्यटन तथा क्षेत्रीय व्यवसायमा कामदार अभाव हुन सक्ने चिन्तापछि यसअघिको प्रस्ताव संशोधन गरिएको बताउनुभएको छ।

नयाँ योजनाअनुसार दोस्रो वर्षको भिसा लिन क्षेत्रीय क्षेत्रमा काम गर्नुपर्ने अवधि ८८ दिनबाट बढाएर १२० दिन बनाइनेछ।

यो व्यवस्था सन् २०२७ मार्च १ देखि लागू गर्ने योजना छ। तर बेलायती नागरिकलाई हाल यो सर्त लागू हुने छैन।

त्यस्तै, तेस्रो वर्षको भिसाका लागि क्षेत्रीय क्षेत्रमा ६ महिना काम गर्नुपर्ने पुरानै सर्त कायम रहनेछ।

सरकारले भिसा संख्या नियन्त्रण गर्दै क्षेत्रीय क्षेत्रमा आवश्यक कामदार उपलब्ध गराउने उद्देश्यले नयाँ योजना ल्याएको जनाएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार