सिड्नीको नेपाल फेस्टिभलमा पहिलो पटक अस्ट्रेलियाका प्रधानमन्त्री सहभागी

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनिजी पहिलो पटक सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा सहभागी हुनुभएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले अस्ट्रेलियाको विकास र बहुसांस्कृतिक समाजमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
प्रधानमन्त्री अल्बनिजीले साहसिक कार्यका लागि सम्मानित नेपाली मूलका प्रहरी अधिकारी विकास भारतीको उदाहरण दिँदै उनको योगदानको सराहना गर्नुभयो।
उहाँले नेपालको भोटेकोशी क्षेत्रमा आएको बाढीप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहलाई व्यक्तिगत रूपमा भेटेर समवेदना प्रकट गरेको बताउनुभयो। साथै, आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले भोगिरहेका जलवायुजन्य विपद्का विषय उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




