NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

ममता काफ्ले भट्ट प्रकरणमा नयाँ मोड, शव लुकाएको नरेश भट्टको बयान

नेपालट्युब

अमेरिकाको भर्जिनियामा सन् २०२४ देखि बेपत्ता नेपाली नर्स ममता काफ्ले भट्टको मुद्दामा उनका श्रीमान् नरेश भट्टले अदालतमा नयाँ बयान दिनुभएको छ।

नरेशले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई घरमै अचेत अवस्थामा फेला पारेको र करिब ४० देखि ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरेको दाबी गर्नुभएको छ।

तर उहाँले ममताको मृत्यु भएपछि शव टुक्र्याएर व्यवस्थापन गरेको स्वीकार गरेको बताउनुभएको छ। तर ममताको ज्यान आफूले नलिएको दाबी गर्दै उहाँले हत्याको आरोप अस्वीकार गर्नुभएको हो।

ममतालाई अचेत अवस्थामा भेट्दा नजिकै केही औषधि र कीटनाशक पदार्थ रहेको पनि नरेशले बयानमा उल्लेख गर्नुभएको छ।

प्रहरीलाई तत्काल खबर नगर्नुको कारणबारे सरकारी वकिलले प्रश्न गर्दा आफू डराएको र के गर्ने भन्ने थाहा नभएको जवाफ दिएको बताउनुभएको छ।

मुद्दाको सुनुवाइ जारी रहेकाले नरेशमाथि लगाइएका आरोपबारे अदालतको अन्तिम फैसला आउन बाँकी छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार