अस्ट्रेलियामा जागिर पाउन कठिन, धेरै आवेदकबीच चर्को प्रतिस्पर्धा

अस्ट्रेलियामा रोजगारी खोज्ने व्यक्तिहरूले एउटै जागिरका लागि धेरै जनासँग प्रतिस्पर्धा गर्नुपरेको बताएका छन्।
अस्ट्रेलियन तथ्यांक विभाग (ABS) ले अक्टोबर २८ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०२५–२६ को तथ्यांकअनुसार २२.१ प्रतिशतले उपलब्ध जागिरका लागि अत्यधिक आवेदन पर्नुलाई रोजगारी प्राप्त गर्ने मुख्य बाधा बताएका छन्।
यस्तै काम गर्न इच्छुक, जागिर खोजिरहेका र चार हप्ताभित्र काम सुरु गर्न सक्ने व्यक्तिमध्ये ८२ प्रतिशतले रोजगारी पाउन कठिनाइ भएको बताएका छन्।
तथ्यांकअनुसार २७.४ प्रतिशत पुरुष र १६ प्रतिशत महिलाले जागिरका लागि धेरै आवेदक हुनु मुख्य समस्या बताएका छन्।
त्यस्तै, १५.७ प्रतिशतले आवश्यक तालिम, योग्यता वा अनुभवको कमीलाई प्रमुख बाधा मानेका छन्।
यसैगरी, १९ प्रतिशत आंशिक समय काम गर्ने श्रमिकले थप घण्टा काम गर्न चाहेको बताएका छन्।
तीमध्ये ९० प्रतिशत चार हप्ताभित्र थप काम गर्न उपलब्ध रहेको तथ्यांकले देखाएको छ।
तर एबिसीले एउटा जागिरका लागि औसतमा कति जनाले आवेदन दिन्छन् भन्ने संख्या भने सार्वजनिक गरेको छैन।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…
