NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

त्रिभुवन विमानस्थलमा वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारका लागि विश्राम कक्ष सञ्चालन

Nepaltube Australia

वैदेशिक रोजगार बोर्डले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याएको छ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तलाई विमानस्थलमा प्रतीक्षा गर्न सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको बोर्डका कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले जानकारी दिनुभयो।

उहाँका अनुसार श्रमिकको सुरक्षा, सामाजिक संरक्षण तथा पुनःएकीकरणका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार