NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

आजदेखि कोप–३१ टर्कीमा सुरु हुँदै

नेपालट्युब

आजदेखि विश्व जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन अर्थात् कोप–३१ टर्कीमा सुरु हुँदैछ।

यो सम्मेलन नेपालका लागि निकै महत्त्वपूर्ण छ। किनकि यसै वर्षको भदौमा नेपालले बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको थियो।

नेपालका तर्फबाट आफ्ना मुद्दा उठाउन परराष्ट्रमन्त्री नेतृत्वको टोली टर्की पुगिसकेको छ। अब नेपालले जलवायु न्याय र क्षतिपूर्तिको विषय कसरी उठाउँछ, त्यो भने हेर्न बाँकी छ।

टर्कीको अन्ताल्यामा आयोजना हुने सम्मेलन नोभेम्बर २० सम्म चल्नेछ। सम्मेलनमा बढ्दो विश्व तापक्रम नियन्त्रण, जलवायु संकटको सामना र प्रभावित देशहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने विषयमा छलफल हुनेछ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगातार दोस्रो वर्ष पनि सम्मेलनमा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने भएको छ।

विश्वको कुल ग्रिन हाउस ग्यास उत्सर्जनमा नेपालको योगदान निकै न्यून छ। तर हिमनदी पग्लिने, हिमताल फुट्ने, अनियमित वर्षा, बाढी र पहिरोजस्ता जोखिम नेपालले निरन्तर सामना गरिरहेको छ।

विकसित देशहरूले अत्याधिक उत्सर्जन गरिरहेको कार्बनको असर नेपालजस्ता जोखिममा रहेका देशहरूले भोग्नुपरेको भन्दै जलवायु न्याय हुनुपर्ने कुरा उठ्दै आएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार