NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

अस्ट्रेलियामा विद्यार्थी र टीआर भिसाको शुल्क बढ्यो, विद्यार्थी भिसाका लागि ४ हजार डलर तिर्नुपर्ने

Nepaltube Australia

अस्ट्रेलिया सरकारले विद्यार्थी भिसा र अस्थायी ग्राजुएट (टीआर) भिसासहित विभिन्न भिसाको आवेदन शुल्कमा थप १ हजार ५०० अस्ट्रेलियन डलर शुल्क लागू गरेको छ।

अस्ट्रेलियाको गृह मामिला विभाग (Department of Home Affairs) का अनुसार नोभेम्बर २८, २०२६ देखि अस्ट्रेलियाभित्रैबाट दिइने निश्चित भिसाका आवेदनमा ‘अनशोर एप्लिकेसन चार्ज’ लागू गरिएको हो।

नयाँ व्यवस्थाअनुसार अतिरिक्त शुल्कमा छुट नपाउने विद्यार्थीले विद्यार्थी भिसा (Subclass 500) का लागि अब २ हजार ५०० को सट्टा ४ हजार अस्ट्रेलियन डलर तिर्नुपर्नेछ। यो आधारभूत शुल्कभन्दा ६० प्रतिशत बढी हो।

त्यस्तै, अस्थायी ग्राजुएट भिसा (Subclass 485) को सामान्य आवेदन शुल्क ५ हजार ७५० डलरबाट बढेर ७ हजार २५० डलर पुगेको छ। यो करिब २६.१ प्रतिशत वृद्धि हो।

आवेदनमा समावेश भएका परिवारका सदस्यलाई समेत प्रतिव्यक्ति थप १ हजार ५०० डलर शुल्क लाग्न सक्ने व्यवस्था गरिएको छ।

यद्यपि, आसियान सदस्य राष्ट्रका नागरिक, निश्चित प्यासिफिक मुलुकका नागरिक तथा अंग्रेजी भाषा अध्ययन (ELICOS) र नन–अवार्ड कोर्सका विद्यार्थीका लागि अतिरिक्त शुल्कमा छुटको व्यवस्था गरिएको छ।

नोभेम्बर २८ भन्दा अगाडि आवेदन दिएकालाई भने यो अतिरिक्त शुल्क लागू हुने छैन।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार